कोटेश्वर भाटभटेनीमा राजावादीको तोडफोड र लुटपाट
राजतन्त्र पक्षधरले काठमाडौं कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेका छन् । शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा भेला भएका राजतन्त्र पक्षधर आन्दोलनकारी कोटेश्वर भाटभटेनी पुगेका थिए ।
उनीहरुले त्यहाँ ढुगा हानेर तोडफोड गर्नुका साथै सामान लुटपाट पनि गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा केही व्यक्तिहरु रक्सीका बोतल र फलफूलहरु लुटेर भाग्दै गरेको देखिएको छ ।
राजतन्त्र पक्षधर आन्दोलनकारीले शुक्रबार नै आलोकनगरमा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका छन् । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा तोडफोड गर्नुका साथै तीनकुनेमा एक घरमा पनि आगजनी गरेका छन् ।
तीनकुने क्षेत्रमा गरेको आन्दोलन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
शुक्रबार राति सवा ४ बजेदेखि राति १० बजेसम्म बानेश्वरदेखि कोटेश्वरसम्मको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले शुक्रबार तीनकुनेमा राजतन्त्रको पक्षमा आन्दोलन घोषणा गरेको थियो । यो आन्दोलनलाई राप्रपा, नवराज सुवेदी नेतृत्वको जनआन्दोलन समितिलगायत राजतन्त्र पक्षधर पार्टी र समूहहरुले समर्थन गरेका थिए ।
तर शुक्रबार बिहान तीनकुनेमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको थियो । झडपपछि तितरबितर भएको समूहले व्यक्तिका घरहरुमा आगजनी सुरु गरेको थियो ।
                                                    रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
                                                    को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
                                                    रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
                                                    Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
                                                    मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)


