दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद
विचौलिया दीपक भट्टसँगको साझेदारी र विभिन्न कम्पनीमा गरेको लगानीमाथि प्रश्न उठेपछि गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएका छन् ।
उनले बुधबार दिउँसो एक विज्ञप्ति जारी गरी राजीनामा दिएका हुन् । उनले आफूमाथि छानबिन गर्न माग गर्दै आफू पदमा बसिरहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको बताएका छन् ।
'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु', उनले आफ्नो विज्ञप्तिमा भनेका छन् ।
राजीनामा दिँदादिँदै उनले उनले परिवर्तन चाहने हो भने सबै जना सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्ने बताएका छन् । 'कति मिडियाकर्मी साथीहरुको कहाँकहाँ स्वेट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ', उनले भनेका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा २५/२५ हजार कित्ता संस्थापक शेयर देखिएको थियो । यी दुबै माइक्रो इन्स्योरेन्स इन्फिनिटी होल्डिङ्सका संस्थापक विचौलिया ब्यापारी दीपक भट्टको अग्रसरतामा खुलेका कम्पनी हुन् । उनी हाल सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
सुदनले यी दुई माइक्रो इन्स्योरेन्सको शेयर किनेको कुरा आफ्नो सम्पत्ति विवरणमा पनि सार्वजनिक गरेका थिएनन् । उनको विवादास्पद व्यापारी दीपक भट्टसँग पनि सम्बन्ध रहेको प्रमाणहरु सार्वजनिक भएको थियो ।
लामो समयदेखि हामी नेपाल नामक संस्थामार्फत समाजसेवामा रहेका सुदन गुरुङको ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर रहेको देखिएको थियो । उनको सम्पत्तिमाथि पनि प्रश्न उठेको थियो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






