3 Minute
राजतन्त्र पक्षधरको आन्दोलनमा एक जनाको मृत्यु
काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरले गरेको आन्दोलनका क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-४ का २९ वर्षका सविन महर्जन रहेका गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
दुर्गा प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा आन्दोलन गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच दिनभर जसो झडप भएको थियो ।
त्यसको सुरुवात भने आन्दोलनको नेतृत्व गरेका प्रसाईं आफैं गाडी चलाएर प्रहरीको सुरक्षा घेरा तोडेर गरेका थिए । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मार्ने नियतले जब सवारी चलाउनुभयो, त्यसपछि त्यहाँको स्थिति बिग्रिएको गृह मन्त्रालयले जनाएको छ ।
आन्दोलनका क्रममा भएका सबै घटनाको सुक्ष्म अध्ययन गरेको भन्दै मन्त्रालयका सहसचिव रिजालले कानुन उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने बताएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
सोमबार, मंसिर २२, २०८२
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
बिहीबार, मंसिर १८, २०८२
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
बिहीबार, मंसिर १८, २०८२
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, मंसिर १७, २०८२
उज्यालो नेपाल पार्टीमा खुले कुलमान
बुधबार, मंसिर १७, २०८२
बन्ने भयो तीनकुने-जडिबुटी अन्डरपास र फ्लाइओभर
बुधबार, मंसिर १७, २०८२
ट्रेन्डिङ



-1765351207.jpg)



