अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
अर्थ मन्त्रालयका कर्मचारीले वैशाख महिनाको १५ दिनको तलब पाएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैशाख ४ गते सरकारी कर्मचारीलाई अर्धामासिक रुपमा तलब दिने निर्णय गरेका थिए ।
त्यसै अनुसार बुधबार अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटरराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम (सिगास) मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाई १५ दिनमै तलब दिने कामको सुरुवात गरे ।
बुधबार अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको १५ दिनको तलब पाएका छन् । अर्थमन्त्री वाग्लेका अनुसार पाइलट परियोजनाको रुपमा संघीय निजामती सेवाका कर्मचारीलाई १५ दिनमै तलब दिइने बताए । विस्तारै सरकारी वेतनधारी सबैलाई यो सुविधा दिने उनको भनाइ छ ।
महिनामा एक पटक तलब दिँदा भन्दा १५ दिनमै दिँदा बजार चलायमान हुने, उपभोग र माग दुबै बढ्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले १५ दिनमा तलब दिन प्राविधिक रुपमा तयार रहेको बताए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






