काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
सरकारले काठमाडौं जिल्लाको बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते बिहान एकै प६क डोजर चलाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना गरी वैशाख १८ गते बिहान ७ बजेदेखि सुकुम्बासी बस्तीमा डोजर चलाउने बताएको छ ।
त्यसअघि वैशाख १७ गते साँझसम्म घर टहरा पूर्ण रुपमा खाली गर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचना अनुसार काठमाडौंका विभिन्न पालिकामा रहेका नदी किनारका बस्ती, सरकारी, पर्ती, सार्वजनिक वा व्यक्तिको जग्गा अतिक्रम गरी बनाइएका बस्ती खाली गराउने काम एकै पटक सुरु हुनेछ ।
डोजर चलाउने समय भन्दा अगाडि नै घर टहराहरु खाली गर्न भनिएको छ । बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने पहिला उनीहरुलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।
बिरामी, अशक्त, ज्येष्ठ नागरिकलाई उद्धार गर्न सहयोग चाहिने भएमा नेपाल प्रहरी, सशश्त्र प्रहरी र नगर प्रहरीको सहायता लिन भनिएको छ । मालसामान ढुवानीका लागि सहयोग चाहिए पनि खबर गर्न सूचना गरिएको छ ।
सरकारले गत वैशाख ११ गते थापाथली, गैरीगाउँ, शान्तिनगर, सिनामंगल र मनोहरा फाँटको सुकुम्बासी बस्तीमा डोजर चलाएको थियो । ती सबै ठाउँमा गरी एक हजार भन्दा बढी घर टहरा भत्काइएको छ । त्यहाँ आश्रय लिएका सुकुम्बासीलाई कीर्तिपुरको राधास्वामी आश्रम र विभिन्न होटलहरुमा राखिएको छ ।
गत हप्ता बस्ती खाली गर्दा ठूलो अवरोध नभएपछि सरकार अन्य सुकुम्बासी बस्ती खाली गराउन अग्रसर भएको हो ।
हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना :


रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








