पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा ठेकेदारलाई कर छुट दिएर अनियमितता गरेको आरोपमा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीलाई आपसी मिलेमतो, योजना र संलग्नतामा ३ अर्ब ६२ करोड रुपैयाँ कर छुट दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनीबीच विमानस्थल निर्माणको मूल सम्झौता हुँदा खरिद मूल्यभित्रै कर, महसुल तथा अन्य शुल्कहरु ठेकेदार कम्पनीले तिर्ने भनिएको थियो ।
तर बदनियत राखेर उक्त प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर, महसुल तथा अन्य शुल्कहरु छुट दिने भन्ने शर्त राखी कार्यान्वयन एग्रिमेन्ट गरे गराएको आरोपमा कार्कीसहितका पदाधिकारी र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका कार्कीलाई पूर्व अर्थमन्त्रीको हैसियतमा गरेको कामको आधारमा भ्रष्टाचार मुद्दा लागेको हो । त्यस्तै तत्कालिन अर्थ सचिव शंकरप्रसाद अधिकारी, पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालिन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, डण्डुराज घिमिरे र नागरिक उड्डयन प्राधिकरणका तत्कालिन महानिर्देशक सञ्जीव गौतमविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार मुद्दा लाग्ने अन्य अधिकारीहरुमा नागरिक उड्डयन प्राधिकरणका तत्कालिन निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारी पनि छन् ।
त्यस्तै ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ र त्यसका अध्यक्ष वाङबो र प्रोजेक्ट म्यानेजर याङ झिग्याङ रहेका अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








