सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति सिफारिसबाट सरकारले सम्पूर्ण न्यायकर्मीलाई भयभीत बनाएको बताएको छ ।
शुक्रबार बारले एक विज्ञप्ति जारी गरी संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति आपत्ति जनाएको हो ।
बिहीबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा चौथो वरियतामा रहेका मनोजकुमार शर्मालाई नियुक्ति सिफारिस गरेको थियो ।
बारले संसद अधिवेशन छलेर ल्याएको अध्यादेश ल्याउनुलाई संविधानको मर्ममाथिको प्रहार भनेको छ ।
प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधीकरण लगायतमा कार्यरत सदस्यहरुलाई राजीनामा दिन दबाब दिएको भन्दै बारले सरकारले स्वतन्त्र न्यायपालिकाको हुर्मत लिएको बताएको छ ।
'संविधान र संविधानवाद प्रतिकूल यस्ता कार्यहरु तत्काल रोकी मुलुकलाई मुठभेडतर्फ नधकेल्न आग्रह गर्दै स्वतन्त्र न्यायपालिकाको रक्षार्थ नेबाए अडिग रहेको छ', महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








