स्मार्ट टेलिकम प्रकरणमा मेरो संलग्नता छैन : पूर्वमन्त्री खरेल
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा पनि मिटिङ र फाइल पारित नगरेको स्पष्टीकरण दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्मार्ट टेलिकमको सम्पत्ति बिक्रीसम्बन्धी प्रकरणमा आफूहरुलाई अनाहकमा जोडिएको बताए ।
पूर्वमन्त्री खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफूले एउटा पनि मिटिङ नगरेको र कुनै पनि फाइल सदर नगरेको जिकिर गरे ।
‘स्मार्ट टेलिकम प्रकरणमा घोटाला त परै जाओस् एउटा मिटिङ मात्र गरेको रहेछ भने राजनीतिक जीवनबाट सन्यास लिन्छु’, खरेलले भने ।
स्मार्ट टेलिकमले लाइसेन्स नवीकरण नगरेपछि उसका सबै चल अचल सम्पत्ति सरकार मातहत आएको थियो । तर ती सम्पत्ति बिक्री भएको पाइएपछि अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
पूर्वसञ्चारमन्त्री खरेलले पत्रकारहरुसँग प्रतिक्रिया दिँदै स्मार्ट टेलिकमको विषयमा आफूले पीडितहरुको कुरा सुनेको बताएका छन् । तर सरकार चुनावमा नै केन्द्रित रहेकाले त्यो विषयमा हात नहालेको, चुनावपछिको सरकारले समाधान गर्छ भनेर छाडेको उनको भनाइ छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








