सुधन गुरुङमाथि छानबिन गर्न ३ सदस्यीय समिति
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।
वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
समितिलाई सुधन गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङमाथि दुईवटा माइक्रो लाइफ इन्स्योरेन्समा गरेको लगानीमाथि प्रश्न उठेको थियो ।
त्यस्तै उनीसँग रहेको ८९ तोला सुन, जग्गा र विभिन्न कम्पनीको सेयरलाई लिएर आम्दानीको स्रोतमाथि प्रश्न उठेको थियो ।
विशेषत: दुई वटा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गरेकामा विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्बन्ध रहेको आरोप लागेको थियो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






