ओलीले भने : सम्पत्ति विवरण दिन्न, खरानी उठाएर लैजा सरकार
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण नबुझाउने बताएका छन् ।
चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले बुधबार पार्टी कार्यक्रममा सरकारले गठन गरेको आयोगलाई तत्कालिन राजा ज्ञानेन्द्र शाहले गठन गरेजस्तै आयोग भएको टिप्पणी गरे ।
राज्यका संवैधानिक र स्थायी आयोग हुँदा हुँदै पुराना पार्टीका नेताहरुलाई फसाउने उद्देश्यले सरकारले आयोग बनाएको ओलीको भनाइ छ ।
‘संवैधानिक आयोग, कानुनी आयोगहरु छन्, राज्यका स्थायी निकाय हुँदाहुँदै नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने पुराना पार्टीका मान्छेहरु, जसलाई चाहिन्छ उसलाई फसाउन यो आयोग बनाइएको हो’, उनले भने ।
ओलीले अगाडि भने, ‘यस्ता आयोगलाई हामी मान्दैनौं, बयान दिन्नौं, हामी सम्पत्ति विवरुण बरेर पठाउँदैनौं ।’
अहिलेको सरकार प्रायोजित र भवितव्यले बनेको ओलीले आरोप लगाए । उनले आफ्नो सम्पत्ति भदौ २४ गते जलाएर खरानी बनाएको भन्दै प्रश्न गरे, ‘आगो लगाएर खरानी बनाएको ठाउँमा मैले के सम्पत्ति विवरण भर्ने ?’
उनले अगाडि भने, ‘आगो लगाएर पुगेन, फेरि सम्पत्ति विवरण दिनुपर्ने, खरानी छ उठाएर लैजा सरकार ।’
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






