नेपाल सुपर लिग होम एण्ड अवे फरम्याटमा, १० वटा क्लब सहभागी हुने
१० वटा टिम । होम एण्ड अवे फरम्याट ।
नेपाली फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता नेपाल सुपर लिग सिजन ४ मा आइपुग्दासम्म धेरै नै परिस्कृत भएको छ ।
एनएसएलको सिजन ४ आउँदो सेप्टेम्बर ५ अर्थात भदौ २० गते सुरु हुनेछ । र यो लिग होम एण्ड अवे फरम्याटमा हुनेछ । अनि अहिलेसम्म ७ टिम मात्र रहेकामा यस वर्ष ३ वटा टिम थपिँदैछ ।
नेपाल सुपर लिगका अध्यक्ष श्रेयांश कार्कीका अनुसार यस वर्ष विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत मध्येबाट ३ वटा क्लब थप हुनेछन् । एनएसएलले ती ठाउँबाट एनएसएल क्लब लिन चाहने व्यक्ति, समूह वा संघ संस्थासँग प्रस्ताव आह्वान गरेको छ ।
नेपाल सुपर लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसी गरी ७ क्लब छन् ।
एनएसएल हाल काठमाडौंको दशरथ रंगशालामा करिब एक महिना अवधि सञ्चालन हुँदै आएको थियो । टिम संख्या बढेपछि र होम एण्ड अवे फरम्याटमा हुने भएपछि उपत्यका बाहिरका शहरमा पनि एनएसएलका खेलहरु हुनेछ । यसले फुटबलमा व्यवसायिकताको विकास गर्ने एनएसएलको विश्वास छ ।
हाल नेपालमा फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत नियमित रुपमा र होम एण्ड अवेमा फुटबल खेलाउन सकेको छैन ।
हेर्नुहोस् नेपाल सुपर लिगको विज्ञप्ति

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








