सुपर तमोरमा १९ अर्ब लगानी जुट्यो
काठमाडौं १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनामा बैंकहरुले करिव १९ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजनाको प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरुबीच वित्तीय व्यवस्थापनको सम्झौता भएको छ ।
आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ छ । यसमध्ये ग्लोबल आइएमईको अगुवाईमा बैंकहरुले करिब १९ अर्ब रुपैयाँ बैंकहरुले लगानी गर्ने छन् ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।
बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ ।
ताप्लेजुङ्गको फक्ताङलुङ गाँउपालिकाकास्थित तमोर नदीमा निमार्ण हुने जलविद्युत आयोजना ५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई राज्यको उर्जा उत्पादन क्षमतामा वृद्धिहुने र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए ।
अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
कुमारी बैंक पीसीएएफमा आवद्ध







