ग्लोबल आईएमईका क्रेडिट कार्ड प्रयोगकर्तालाई भाटभटेनीमा किस्ताबन्दी सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा पाउने भएका छन् ।
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
यो सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले न्यूनतम १५ हजार रुपैयाँ वा यसभन्दा बढिको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन ।
बैंकका ग्राहकले आफूलाई अनुकूल ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन ।
यो सुविधाले इलेक्ट्रोनिक्स तथा ठूला सामग्रीहरु खरिद गर्ने ग्राहकहरुलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने बैंकको विश्वास छ ।
साथै भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बिबिएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने बैंकले जनाएको छ ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकहरुले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । सुरुवातमा यो कार्ड बिबिएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
यो कार्डमार्फत् ग्राहकहरुले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाहरुको लाभ लिन सक्नेछन् ।
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग
महालक्ष्मी विकास बैंकमा कफी लाउञ्जसहितको डिजिटल हब
ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन’ सुरु
जनकपुर ओपनिङ धमाकामा अल्टिमाको अफर र उपहार





-1784381446.png)



