वीरगञ्जका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गलत विवरण पेश गरी अरुको छोरीलाई आफ्नो छोरी बनाएर नागरिकता दिलाएको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यो प्रकरणमा वीरगञ्ज महानगरपालिका–३ का कार्यबाहक वडाअध्यक्ष तुफैल अख्तर ठकुराई र तत्कालिन वडा सचिव भिखारी रायविरुद्ध पनि भ्रष्टाचार मु्दा दायर गरिएको छ ।
गलत व्यहोराका आधारमा नागरिकता दिएको भेर जिल्ला प्रशासन कार्यालयका तत्कालिन शाखा अधिकृत षडकुमार पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
मेयर सिंहले आफ्नी छोरी भनेर नागरिकता सिफारिस गरेको घटनाको छानबिन गर्ने समितिका संयोजक गृह मन्त्रालयका तत्कालिन उपसचिव पुष्कर राना र शाखा अधिकृत परशुराम पोखरेलविरुद्ध पनि गलत प्रतिवेदन तयार पारेको भनेर भ्रष्टाचार मुुद्दा दायर गरिएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएपछि मेयर सिंह निलम्बनमा परेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








