नेभिगेशन
3 Minute

खुस्बु ओलीको कटाक्ष : नेपालले भारतको सीमा मिचेको हो भनेर संसदबाटै भनौं

काठमाडौं । राप्रपा सांसद खुस्बु ओलीले संसदमा अनौठो प्रस्ताव राखेकी छन् । उनको प्रस्ताव छ, नेपालले भारतको सीमा मिचेको हो भनेर संसदबाटै भनौं । 

लिम्पियाधुरा लिपुलेकको विषयमा सोधेको प्रश्नमा प्रधानमन्त्री बोलन शाहले ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए । 

प्रधानमन्त्रीको अभिव्यक्तिको विपक्षी दलहरुले विरोध गरेका छन् । प्रधानमन्त्रीले जनतासँग माफी मागेर अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् । त्यही माग राखेर संसद अवरुद्ध गर्दै आएका छन् । 

तर प्रधानमन्त्री जवाफ दिन तयार छैनन् । त्यसैले मंगलबारको संसद बैठकमा राप्रपा सांसद ओलीले एउटा प्रस्ताव राखिन्, नेपालले भारतको सीमा मिचेको हो भनेर संसदबाटै भनौं । 

उनका अनुसार यसका लागि सत्ता पक्षबाट हस्ताक्षर संकलन गर्नुपर्छ । उनले अगाडि भनिन, प्रधानमन्त्रीले भने अनुसार नेपालले भारतको सीमा मिचेको हो भन्नेमा प्रतिपक्ष पनि सही गरेर सदनको अवराध हटाउन तयार हुन्छौं ।’

होइन भने प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनुको विकल्प नभएको राप्रपा सांसद ओलीले बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute