कर्पोरेट
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहका बीच सञ्चालक समितिमा आजै स्वागत गरेका छन् ।
पूर्व सचिव भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव छ । उनको आगमनले व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व र दिगो विकासका लक्ष्यलाई परिष्कृत रूपमा अगाडि बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति:
शुक्रबार, जेठ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
कर्पोरेट
अल्टिमाको १० औं आउटलेट इटहरीमा, विभिन्न उत्पादनमा छुट घोषणा
शुक्रबार, असोज २, २०८३
विराट एक्स्पोको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक
शुक्रबार, असोज २, २०८३
काठमाडौंमा हुँदैछ पब्जीको ठूलो प्रतियोगिता, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक
मंगलबार, भदौ ३०, २०८३
कुमारी बैंक पीसीएएफमा आवद्ध
मंगलबार, भदौ २३, २०८३
१५ हजार पर्ने इयरबड्स अल्टिमाले ल्यायो ६ हजारमै
सोमबार, भदौ २२, २०८३
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बिहीबार, भदौ १८, २०८३
ट्रेन्डिङ







