जर्मनीविरुद्ध इतिहास बनाउने कोमेनेन्सिया
विश्वकपमा पहिलो पटक पुगेको राष्ट्र, त्यसमाथि शक्तिशाली जर्मनीविरुद्ध पहिलो खेल । अनि पोस्टमा थिए विश्व फुटबलका चर्चित गोलकिपर म्यानुएल नोयर ।
यस्तो दबाबबीच जर्मनीविरुद्ध विश्वकपमा गोल गरेर चर्चामा आएका लिभानो कोमेनेन्सिया को हुन् ?
२२ वर्षीय कोमेनेन्सिया एक समय नेदरल्यान्ड्सका युवा टोलीका नियमित खेलाडी थिए । उनको जन्म सन् २००४ मा नेदरल्यान्ड्समै भएको हो । उनले सन् २०१२ मा आफ्नो प्रारम्भिक फुटबल प्रशिक्षण पीएसभीको एकेडेमीबाट सुरु गरे ।
त्यहाँ उनको करिब एक दशक वित्यो । उनी फुटबलमा यति प्रतिभाशाली थिए कि सन् २०२१ मा बेलायती पत्रिका द गार्डियनले उनलाई विश्वका उत्कृष्ट युवा फुटबल प्रतिभामध्ये एकका रूपमा सूचीकृत गरेको थियो ।
त्यसपछि उनको व्यवसायिक फुटबलको यात्रा इटालीको प्रतिष्ठित क्लब युभेन्टससम्म पुग्यो । त्यतिबेला धेरैले उनको भविष्य नेदरल्यान्ड्सको राष्ट्रिय टोलीसँग जोडेर हेरेका थिए । उनले नेदरल्यान्ड्स टिमबाट यू–१५ देखि यू–२० सम्मका खेलमा निकै उत्कृष्ट प्रदर्शनका साथ खेले ।
तर कोमेनेन्सियाले एउटा फरक निर्णय लिने विचार गरे । उनले आफ्नो पारिवारिक मुल थलो रहेको क्यारिबियन राष्ट्र क्युरसाओबाट प्रतिनिधित्व गर्न चाहे । २०२२ मा उनी क्युरसाओ टोलीमा आए ।
उनका अनुसार यो निर्णय लिन केही समय लागेको थियो । तर यही निर्णयले उनको करियरलाई नयाँ उचाइमा पुर्याएको छ ।
चार पटकको विश्व च्याम्पियन जर्मनीविरुद्ध गोल गर्दै कोमेनेन्सिया, क्युरसाओका लागि विश्वकप इतिहासमै गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
करिब डेढ लाख जनसंख्या रहेको क्युरसाओले २०११ मा मात्रै आफ्नै राष्ट्रिय टोली निर्माण गरेको हो । क्युरसाओले २०१४ बाटै फिफा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको थियो ।
हेर्नहोस् भिडियो :
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








