स्पेनलाई रोक्ने भोजिन्हाको कथा
फुटबल खेल्ने सबैका कथा लेखिँदैनन् । तर, कहिलेकाहीँ फुटबलले नखोजिएका कथाहरु पनि लेख्न बाध्य पार्छ । अहिले धेरै खोजिएको कथा हो, फिफा वल्र्डकप २०२६ खेलिरहेका ‘भोजिन्हा’को ।
विश्वकपको मैदानमा थिए, फुटबलको महाशक्ति स्पेन र उदियमान काबो भेर्दे ।
स्पेनका स्टार खेलाडीहरु एकपछि अर्को आक्रमण गरिरहेका थिए, तर काबो भेर्देका ४० वर्षीय गोलकिपर भोजिन्हा पर्खाल बनेर उभिए ।
भेजिन्हाको फुटबल यात्रा कुनै चर्चित एकेडेमीबाट सुरु भएको पनि होइन । अरु खेलाडीले फुटबल करिअरमा उचाइ लिने समयसम्म त भोजिन्हाले अवसर समेत पाएनन् ।
तर, स्पेनविरुद्ध उनी जसरी खेले त्यसले एकाएक विश्वको ध्यान तानेको छ । एउटा खेलबाट यति धेरै चर्चा पाएका भोजिन्हा को हुन् ?
३ जुन १९८६ मा केबो भेर्देको सानो टापु मिन्देलोमा जन्मिएका उनी सानैदेखि हजुरबा–हजुरआमासँग हुर्किए । त्यसैले साथीहरुले उनलाई जिस्क्याउँदै ‘भोजिन्हा’ भन्ने गर्थे । पोर्चुगिज भाषामा ‘भोजिन्हा’ को अर्थ ‘हजुरआमा’ वा ‘बुढीआमा’ भन्ने हुन्छ । समयसँगै यही उपनाम उनको पहिचान बन्न पुग्यो ।
भोजिन्हाले कुनै चर्चित एकेडेमीबाट होइन काबो भेर्देको स्थानीय क्लब बाटुक एफसीबाट फटबल यात्रा सुरु गरे । अन्य खेलाडीहरु प्राय २५ वर्षको उमेरसम्म विश्व फुटबलमा स्थापित भइसक्छन् । तर भोजिन्हाले त्यो उमेरसम्म अवसर नै पाउन सकेनन् ।
तर पनि उनी हिम्मत हार्ने पक्षमा थिएनन् । सन् २०१२ मा क्यामरुनविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरे । त्यसयता उनले ८० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले काबो भेर्देलाई पटक–पटक अफ्रिका कप अफ नेसन्समा पुर्याउन महत्वपूर्ण भूमिका निभाएका छन् ।
तर उनको करियरको सबैभन्दा ठूलो क्षण हो, २०२६ विश्वकप । विश्वकपमा पहिलो पटक पुगेको काबो भेर्देका लागि उनले स्पेनविरुद्ध ऐतिहासिक प्रदर्शन गरेका छन् । स्पेनको ७ वटा आक्रामक गोल रोक्दै भोजिन्हाले खेललाई गोलरहित बराबरीमा पुर्याए । यतिमात्र होइन, विश्वकप डेब्युमै भोजिन्हा म्यान अफ द म्याच बनेका छन् ।
खेलपछि उनी निकै भाबुक बनेका थिए । उनलाई हुर्काउने हजुरबा हजुरआमाको केही बर्षअघि निधन भयो । अहिले आफू विश्वकपमा खेलिरहेको यो क्षण देख्न नपाएको भन्दै उनले आफ्ना हजुरबाहजुरआमालाई सम्झिएका थिए । अनि आमालाई पनि भिसाको इस्युका कारण अमेरिका ल्याउन नपाएकाले उनी खिन्न थिए ।
विश्वकपमा पहिलो पटक पुगेको राष्ट्र काबो भेर्दे १९७५ मा पोर्चुगलको उपनिवेशबाट स्वतन्त्र भएको हो । यसको कुल जनसंख्या करिब ६ लाख छ ।
हेर्नहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








