एमबाप्पे बने फ्रान्सको सर्वाधिक गोलकर्ता
आजको दिन किलियन एम्बाप्पेका लागि विशेष रह्यो ।
उनी फ्रान्सका अहिलेसम्मका सबै स्टार फुटबलरलाई पछि पार्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।
आज राति सेनेगलविरुद्धको खेलमा दुई गोल गरेपछि फ्रान्सका लागि उनले गरेको गोल संख्या ५८ पुगेको छ ।
यसअघि ५७ गोल गरेर ओलिभर जिरौड फ्रान्सका सर्वाधिक गोलकर्ता थिए ।
तर एम्बाप्पेले जम्मा २७ वर्षको उमेरमै देशका लागि ५८ गोल गरिसके । उनीसँग लामो करिअर बाँकी छ र अझै गोल संख्या बढाउन सक्छन् ।
एमबाप्पेले विश्वकपमा पनि आफ्नो गोल संख्या १४ पुर्याइसके । विश्वकपमा उनी भन्दा धेरै गोल गर्ने जम्मा ३ जना खेलाडी छन् । जर्मनीका मिरोस्लाभ क्लोस, अर्जेन्टिनाका लियोनेल मेसी र ब्राजिलका रोनाल्डो ।
मिरोस्लाभ क्लोस र मेसीले १६ गोल गरेका छन् भने रोनाल्डोले १५ गोल गरेका छन् ।
एमबाप्पे विश्वकपकै सर्वाधिक गोलकर्ता पनि बन्न सक्छन्, किनकी क्लोस र रोनाल्डोले फुटबल खेल्न छाडिसके भने मेसीका लागि पनि यो सम्भवत अन्तिम वर्ल्डकप हो ।
सन् २०१७ को मार्चमा फ्रान्सको राष्ट्रिय टिममा डेब्यु गरेका एमबाप्पे तेस्रो पटक विश्वकप खेलिरहेका छन् ।
सन् २०१८ मा रसिया विश्वकपमा पहिलो पटक खेलेका उनले क्रोएसियाविरुद्धको खेलमा पहिलो गोल गरेका थिए । त्यतिबेला उनी जम्मा १९ वर्षका थिए र ब्राजिलका पेले पछिका दोस्रो कान्छा गोलकर्ता बनेका थिए ।
पेलेले १७ वर्ष २४९ दिनमा विश्वकपमा गोल गर्दै कान्छा गोलकर्ताको नाम लेखाएका थिए । एमबाप्पे फ्रान्सका लागि भने विश्वकपमा कान्छा गोलकर्ता हुन् । उनले त्यो विश्वकपमा योङ प्लेयर अफ दि टुर्नामेन्टको उपाधि जितेका थिए ।
सन् २०२२ को विश्वकपमा एमबाप्पेले फाइनल खेलमै अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्न सफल भए । तर पेनाल्टी सुटआउटमा भने फ्रान्स अर्जेन्टिनासँग पराजित हुन पुग्यो ।
यस वर्ष पनि फ्रान्स र एमबाप्पेले राम्रो सुरुवात गरेका छन्, विश्वकपको उपाधि नै जित्छ कि जित्दैन, त्यो त बाँकी खेलहरुले बताउनेछ ।
हेर्नुहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








