ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड
लियोनेल मेसीले आफ्नो करिअरमा फेरि अर्को पनि रेकर्ड बनाएका छन् ।
आज बिहान अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक पूरा गर्दै उनले विश्वकपमा धेरै गोल गर्ने खेलाडीमा आफ्नो नाम लेखाए ।
विश्वकपमा १६ गोल गरेर जर्मनीका मिरोस्लाभ क्लोस धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाएका थिए । तर आज मेसीले ह्याट्रिक पूरा गर्दै क्लोससँगको रेकर्ड बराबरी गरे ।
३८ वर्षका मेसीले आज अर्जेन्टिनाबाट आफ्नो २०० औं खेल खेलेका थिए । सन् २००५ मा १८ वर्षको उमेरदेखि राष्ट्रिय टिमबाट खेल्न थालेका मेसीले पहिलो विश्वकप भने २००६ मा खेलेका थिए ।
अहिले उनी छैटौं पटक विश्वकप खेल्दैछन् । उनले विश्वकपमा अहिलेसम्म २७ खेल खेलिसकेका छन् र ५ वटा विश्वकपमा गोल गर्ने खेलाडीका रुपमा पनि आफ्नो नाम लेखाएका छन् ।
मेसीको फुटबल करिअर रेकर्ड नै रेकर्डले भरिएको छ । राष्ट्रिय टिमबाट मात्र होइन, क्लब फुटबलमा पनि उनले धेरै उपाधि जित्नुका साथै व्यक्तिगत रेकर्ड बनाएका छन् ।
मेसीले विश्वकपमा पहिलो गोल गरेको दिन र ह्याट्रिक गरेको दिन पनि एउटै परेको छ । सन् २००६ को विश्वकपमा उनले आजकै दिनमा सर्बिया एण्ड मन्टेनेग्रोविरुद्ध पहिलो गोल गरेका थिए ।
उनले सन् २०२२ मा विश्वकपको उपाधि जिते, सन् २०१८ को वल्र्डकपमा उपविजेत बने । विश्वकपमा गोल्डेन बल पनि पाइसके । दुई पटक कोपा अमेरिकाको उपाधि जिते । अर्जेन्टिनाका लागि ११९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।
मेसीको सिंगो फुटबल करिअरको कुरा गर्ने हो भने उनले कुल ९१३ गोल गरेका छन् । र विभिन्न ४८ वटा उपाधि जितेका छन् । त्यसमा ८ ओटा बालन डिओर विशेष छन् ।
हेर्नुहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








