सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
बिहीबार दिउँसो सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद भएको छ । मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित दिनकर सेल्स सप्लायर्समा अवैध रुपमा भण्डारण गरेर राखेको फर्सीको बियाँ बरामद गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले बुधबार साँझ नवीनकुमार यादवको उक्त सप्लायर्समा छापा हानेको थियो । त्यसपछि बिहीबार दिउँसो सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको टोलीले फर्सीको बियाँ बरामद गरेको हो ।
उक्त सप्लायर्स फर्सीको बियाँ बरामद गर्ने क्रममा केही स्थानीयले ढुंगामुढा पनि गरेका थिए । त्यसपछि सशस्त्र प्रहरीले एउटा ग्यास सेल फायर गरेको थियो । स्थानीयको ढुंगामुढाबाट सशस्त्र प्रहरी बलको गाडीको सीसा फुटेको छ ।
बरामद गरेको फर्सीका बियाँ सर्लाही भन्सार कार्यालयमा बुझाएको डीआईजी कार्कीले जानकारी दिए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








