मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
लियोनेल मेसी वर्ल्ड कप खेल्न अहिले अमेरिकामा छन् । तर उनका बुबा बिरामी छन् । उनका बुबा जर्ज मेसी अहिले पहिचान हुन नसकेको स्वास्थ्य समस्याको उपचार गराइरहेका छन् ।
मेसीको मिडिया अफिसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जर्ज मेसीलाई सञ्चो छैन, उहाँ अहिले चिकित्सकको निगरानीमा हुनुहुन्छ र उहाँको अवस्थामा सकारात्मक प्रगति देखिइरहेको छ ।’
अर्जेन्टिनाको एक टेलिभिजनले मेसीका बुबाको निधन भएको झुटो खबर दिएको थियो । उक्त झुटो खबर दिने टेलिभिजन एंकरले माफी माग्दै राजीनामा दिइसकेकी छन् ।
मेसी परिवारले विज्ञप्तिमा यस्तो समयमा जिम्मेवार, विवेकी र मानवीय भावना राख्न अनुरोध गरेको छ । ‘कुनै पनि व्यक्तिको स्वास्थ्य र उनीहरुको परिवारको मनोभावना कसैको अनुमान र गैरजिम्मेवार मिडियाको चासो बन्नु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
असार ५ गते अल्जेरियाविरुद्धको खेलमा मेसीले ह्याट्रिक पूरा गरेर कुल १६ गोलसहित विश्वकपका सर्वाधिक गोलकर्ता नै बने । तर त्यो खेलमा पहिलो गोलपछि मेसी भावुक बनेका थिए ।
खेलपछि उनले आफू फुटबल भन्दा अन्य कारणले नै भावुक बनेको प्रतिक्रिया दिएका थिए । ‘म किन रोएँ भने, अहिले मेरा दिनहरु धेरै अप्ठेरा छन्, तर यो फुटबलसँग सम्बन्धित छैन’,उनले भनेका थिए ।
लियोनेल मेसी जर्ज मेसीका कान्छा छोरा हुन् । मेसीको करिअरमा उनका बुबाको धेरै ठूलो भूमिका छ । जर्ज मेसीले लियोनेल मेसीको एजेन्टका रुपमा काम गर्नुका साथै उनको व्यवसायिक मामिला सम्हालेका छन् ।
उनले नै सानो हुँदा लियोनेल मेसीलाई बार्सिलोनामा प्रशिक्षण र उपचारका लागि लगेका थिए । बार्सिलोना, पेरिस सेन्ट जर्मेन र इन्टर मियामी क्लबसँगको कन्ट्रयाक्टका लागि सहजीकरण पनि जर्ज मेसीले नै गरेका थिए ।
लियोनेल मेसीको लगानी रहेका क्षेत्रहरु रियलस्टेट, होटल र रेष्टुरेन्टको कारोबार पनि उनले नै सम्हाल्दै आएका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








