मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
मेसीले काखमा लिएका यी बालक, अहिले विश्वकपमा मेसीकै रेकर्ड तोड्दैछन् ।
यो कथा हो, स्पेनिस स्टार, लामिन यामालको । यामाल फुटबलको इतिहासमै सबैभन्दा कम उमेरमा विश्वकपमा गोल गर्ने खेलाडीको टप टेन सूचीमा आएका छन्, उनी अर्जेन्टिनी खेलाडी लियोनेल मेसीभन्दा पनि कम उमेरमै विश्वकपमा गोल गर्ने खेलाडी बनेका छन् ।
रोचक कुरा त के छ भने विश्वकपमा उनले मेसीले भन्दा १४ दिनको कम उमेरमै गोल गरेका छन् । त्यसैले साउदी अरेबिया विरुद्ध गोल गर्दा उनले लियोनल मेसीलाई पनि पछि पारे । उनी अब विश्पकपमा कम उमेरमा गोल गर्ने आठौं खेलाडी बनेका छन् । मेसी नवौं स्थानमा झरेका छन् ।
मेसीले १८ वर्ष ३५७ दिनमा विश्वकपमा गोल गर्दै मेसी सूचीको आठौं स्थानमा थिए । यामालले १८ वर्ष ३४३ दिनमा साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो नाममा यो रेकर्ड कायम गरे ।
मेसीले छैंठौं पटक खेलिरहेको विश्वकपको राइजिङ स्टार हुन्, यामाल । यामालको उमेर धेरै भएको छैन तर, उनको प्रदर्शनले विश्वभर चर्चा कमाएको छ ।
बार्सिलोनाको प्रसिद्ध युवा एकेडेमी ला मासियाबाट फुटबल प्रशिक्षण सुरु गरेका यामाल यति प्रतिभाशाली थिए की, मात्र १५ वर्षको उमेरमै बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्ने अवसर पाए ।
यामाल अहिले राइट विंगरको भूमिकामा खेल्छन् । तीव्र गति, ड्रिब्लिङ, बल नियन्त्रण, उत्कृष्ट पास र डिफेन्डरलाई चुनौती दिएर खेल्न सक्ने विशेषता यामालमा छन् ।
स्पेनको युवा टोली हुँदै सन् २०२३ मा यामाल राष्ट्रिय टोलीमा पुगे । राष्ट्रिय टोलीबाट डेब्यु गर्दै उनी जर्जियाविरुद्ध खेलेका थिए ।
तर, यामालको अझ बढी चर्चा यूईएफए युरो २०२४ मा भयो । उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा शानदार गोल गर्दै युरोकप इतिहासमा पनि सबैभन्दा कान्छा गोलकर्ता बने । त्यतिबेला उनको उमेर मात्र १६ वर्ष ३३८ दिन थियो । उत्कृष्ट प्रदर्शन पछि उनले योङ प्लेयर अफ द टुर्नामेन्ट अवार्ड समेत जिते ।
यामालको खेल शैलीलाई धेरै फुटबल समर्थकले लियोनल मेसीसँग तुलना गर्ने गरेका छन् । यद्यपि उनी आफ्नो छुट्टै शैली र पहिचान बनाउँदै अघि बढिरहेका छन् ।
बार्सिलोना र स्पेनका लागि लगातार प्रभावशाली प्रदर्शन गरिरहेका यामाल अहिले विश्व फुटबलको सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एक बनेका छन् ।
हेर्नुहोस् भिडियो :
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



