नेभिगेशन
कर्पोरेट

जनकपुर ओपनिङ धमाकामा अल्टिमाको अफर र उपहार

अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो नवौं आउटलेट जनकपुरमा सञ्चालनमा ल्याउँदैछ ।

असार १७ गते अर्थात जुलाइ १ तारेखमा जनकपुरको भानुचोकमा खुल्ने नयाँ आउटलेटमा ग्राहकले अल्टिमाका स्मार्टवाच, अडियो उत्पादन, पावर सलुसन तथा मोबाइल एसेसरिजको विभिन्न उत्पाददनहरु पाउनेछन् ।

जनकपुरमा नयाँ आउटलेट सञ्चालनको अवसर पारेर अल्टिमाले जनकपुर ओपनिङ धमाका अभियान पनि घोषणा गरेको छ । जस अन्तर्गत असार १७ देखि २५ गतेसम्म ग्राहकले अल्टिमाका उत्पादन खरिदमा विभिन्न अफर र उपहार पाउनेछन् ।

अल्टिमाका अनुसार फ्ल्यास अफर अन्तर्गत असार १७ गते जनकपुर आउटलेटमा पहिला आउने ९९ जनाले ९९ रुपैयाँमा बुम स्लिक इयरबड्स पाउनेछन् ।

अनि जनकपुर ओपनिङ धमाका अभियान अन्तर्गत देशभरका आउटलेटहरुमा ग्राहकले अल्टिमाका उत्पादन निकै सस्तो मूल्यमा पाउनेछन् । ३ हजार ४९९ रुपैयाँ पर्ने अल्टिमा बुम स्लिक इयरबड्स जम्मा ९९९ मा पाउनेछन् ।

२ हजार ७९९ पर्ने अल्टिमा वाच फ्लेक्स १ हजार ९९९ मा, ७ हजार ९९९ रुपैयाँ पर्ने अल्टिमा क्लियर माइक २ हजार ९९९ मा पाइनेछ । अनि ७ हजार ९९९ रुपैयाँ पर्ने अल्टिमा साउन्डबक्स एस२० ३ हजार ९९९ मा पाइनेछ ।

त्यस्तै खरिद रकमका आधारमा पनि उपहार घोषणा गरिएको छ । ८ हजार रुपैयाँ भन्दा बढीको सामान किन्नेले बुम स्लिक इयरबड्स निःशुल्क पाउनेछन् ।

१० हजार रुपैयाँ भन्दा बढीको खरिदमा वाच फ्लेक्स निःशुल्क पाइनेछ । १२ हजार रुपैयाँ भन्दा बढीको खरिदमा ग्राकहले बुस्ट २० के प्रो पावरबैंक निःशुल्क पाउनेछन् । यी उपहारहरू अभियान अवधिभर स्टक रहेसम्म पाइने अल्टिमाले जनाएको छ ।

अल्टिमाले "जनकपुर ग्रान्ड कम्बो" योजना पनि सार्वजनिक गरेको छ, जसको मूल्य ९ हजार ९९९ निर्धारण गरिएको छ । यो प्याकेजमा अल्टिमा प्राइम, बुस्ट २० के प्रो पावरबैंक, मार्भल स्पिकर, म्याग्नम ई ४०० स्मार्टवाच रहेका छन् । यी सबै उत्पादनहरूको कुल एमआरपी १४ हजार ५०० भन्दा बढी छ तर कम्बो ग्राहकलाई साढे चार हजार रुपैयाँ सस्तो पर्नेछ ।

जनकपुर आउटलेट उद्घाटनका क्रममा स्पिन द ह्वील, विभिन्न ग्राहक सहभागिता कार्यक्रम, इन्फ्लुएन्सर अन्तरक्रिया तथा मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएको छ ।

अल्टिमा लाइफस्टाइल नेपालको अग्रणी तथा तीव्र गतिमा विकास भइरहेको लाइफस्टाइल एसेसरिज ब्रान्ड हो। कम्पनीले अडियो, वेयरेबल तथा मोबाइल एक्सेसरिजका नवीन तथा उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट