नेपालले खेल्नेछ स्ट्रिट फुटबलको विश्वकप, छनोट खेल हुँदैछ काठमाडौंमा
नेपालले पनि फुटबलको विश्वकप खेल्दै छ नि थाहा छ ? तर अहिले चलिरहेको जस्तो फिफा वर्ल्डकप होइन, स्ट्रिट फुटबलको हो । तीन जनाले खेल्ने थ्री भी थ्री स्ट्रिट फुटबलको विश्वकप हुँदैछ आगामी सेप्टेम्बरमा नेदरल्याण्डसमा ।
थ्री भी थ्री स्ट्रिट फुटबल फुटबलको कान्छो संस्करण हो । तीव्र गति, उच्च कौशल र चामत्कारिक कलाका लागि प्रसिद्ध छ ।
यो फुटबल प्रतियोगिता कुनै ठूलो ग्राउण्डमा होइन, शहरका साँघुरा गल्लीहरुमा खेलाइन्छ ।
नामबाटै थाहा हुन्छ थ्री भी थ्री फु्टबलमा ३–३ जना खेलाडी हुन्छन् ।
यसको अर्को विशेषता के हो भने गोलकिपर हुँदैन, खेलाडीले हातले बल समात्न पाउँदैनन् ।
१५ मिटर लम्बाइ र १० मिटर चौडाइ भएको ग्राउण्डमा खेलाइन्छ ।
गोल पोस्टको आकार पनि निकै सानो हुन्छ– ५ फिट लामो र ३ फिट अग्लो ।
प्रत्येक खेल ब्रेक बिना लगातार १० मिनेटको हुनेछ ।
यही असार १७ देखि काठमाडौंमा थ्री भी थ्री स्ट्रिट फुटबलको वर्ल्ड कप क्वालिफायर्स खेल हुने छ ।
टेकुको कुमा ननी, तबाहाल, लगन, ओमबहाल र तेबहाल संकटा गरी ५ वटा गल्लीमा खेल हुनेछ । खेलहरु अपरान्ह ३ बजेदेखि ८ बजेसम्म हुनेछ । साँझका खेलहरु अन्डर लाइटमा खेलाइनेछ ।
क्वालिफायर्समा ९२ टोलीले भाग लिने छन्, जसलाई २३ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहको विजेता र उपविजेता अनि तेस्रो स्थानमा उत्कृष्ट रहेका १८ टोली गरी कुल ६४ टोलीबीच नकआउट खेलाइनेछ ।
समूह चरणका खेल जुलाइ १ देखि ८ तारेखसम्म हुनेछन् । जुलाई १० र ११ मा राउन्ड अफ ६४ का खेलहरु हुनेछन् ।
जुलाइ १३ गते राउन्ड अफ ३२ का खेल हुनेछन् । जुलाई १५ मा राउन्ड अफ १६ का खेल हुनेछन् । जुलाइ १९ मा क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल हुनेछ ।
र, यो प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बर २ देखि ६ तारेखसम्म नेदरल्याण्डसको युट्रेक्टमा हुने आईएसएफए थ्री भी थ्री स्ट्रिट फुटबल वर्ल्ड कप २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछ ।
यो सबै बन्दोबस्त मिलाएको छ, एलपीएस म्यानेजमेन्ट प्रालिले । एलपीएस म्यानेजमेन्ट प्रालिका सीईओ विकल्प खरेलका अनुसार विजेता टोलीका खेलाडीसँग एलपीएस म्यानेजमेन्टले ३ महिनाको खेलाडी सम्झौता पनि गर्नेछ ।
विश्वकपको विशेष तयारीका लागि क्लोज क्याम्पमा पनि राख्नेछ ।
हेर्नुहोस् भिडियो :
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








