ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन’ सुरु
काठमाडौं । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन शुक्रबारदेखि सुरु भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् । प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको यस प्रतियोगितामा खुला आवेदनमार्फत विभिन्न उत्कृष्ट टोलीहरू छनौट भएका छन् ।
दुई चरणमा सञ्चालन हुने आवसिय प्रतियोगीतामा १४ टोलीहरुको सहभागीता रहेको छ । पहिलो चरणमा ३६ घण्टा लामो कोडिङ र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । ह्याकाथन प्रतियोगीतामा सहभागि टोलीहरुको लागि आवसिय व्यवस्था रहेको छ । साथै, सहभागि प्रतियोगीहरुले ३६ घण्टासम्मको कोडिङ गर्नेछन् ।
सहभागी प्रतियोगीहरूले बैंकद्वारा निर्धारित विभिन्न विधा र विषयहरूमा केन्द्रित रही बैंकिङ सेवालाई अझ बढी सुरक्षित, सरल र प्रविधिमैत्री बनाउने नविनतम् अवधारणाहरु प्रस्तुत गर्नेछन् ।
ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीका अनुसार प्रतियोगिताबाट छनौट हुने उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिनुका साथै बैंकसँग व्यावसायिक सहकार्यको अवसर समेत दिइनेछ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न अस्पताल र होटलमा छुट
नाइमा एक्स्पोमा गाडी किन्न ५.२५ प्रतिशतमै लोन
अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्









