ठमेलमा यौन व्यवसाय गर्न आउँछन् युगाण्डाका महिला
काठमाडौंको ठमेलमा यौन व्यवसाय गर्न युगाण्डादेखि महिलाहरु आउने गरेको पाइएको छ ।
ठमेलको चोक चोकमा उनीहरुले पर्यटकसँग बार्गेनिङ गरेको दृश्य धेरैको आँखा बिझाएको छ ।
प्रहरीले बेला बेलामा पक्राउ गरेर उनीहरुलाई डिपोर्ट गर्दै आएको पनि छ । तर यो सिलसिला रोकिएको छैन ।
गत चैत जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलका विभिन्न चोकबाट युगाण्डाका २० जना महिलालाई पक्राउ गरेको थियो । उनीहरुले विदेशी र स्वदेशी पर्यटक अनि सर्वसाधारण पुरुषलाई बाटो छेकेर अश्लिल क्रियाकलापका लागि मोलमोलाइ गर्ने, हैरानी दिने काम गर्थे ।
प्रहरीले सम्झाइ बुझाइ गर्न खोज्दा प्रहरीलाई नै गाली गर्ने र धक्कामुक्का गर्ने गर्थे । प्रहरीले पक्राउ गरेर उनीहरुलाई १ वर्षसम्म नेपाल आउन नपाउने गरी डिपोर्ट गरेको थियो ।
असार २० गते फेरि युगाण्डाकै ३ जना महिला ठमेलबाटै पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार युगाण्डाका महिलाहरु यौन व्यवसाय गरेर पैसा कमाउने उद्देश्यले नै नेपाल आउने गरेको पाइएको छ ।
युगाण्डा नेपाल भन्दा गरिब देश हो । उनीहरु ४५ दिन बस्न मिल्ने टुरिस्ट भिसामा नेपाल आउने गरेका छन् । नेपाल एउटा टुरिष्ट डेस्टिनेसन बन्दै गएको थाहा पाएर उनीहरु यौन व्यवसायको सम्भावना देखेर आएको पाइएको प्रहरीको भनाइ छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








