‘फनेरल अफ दी सेन्चुरी’
इरानमा आज पूर्व सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको शवयात्रा थियो ।
राजधानी तेहरानमा आज हजारौं इरानीहरु खामेनीको शवयात्रामा सहभागी भए ।
खामेनी गत फेब्रुअरी २८ मा अमेरिका र इरानको हवाइ आक्रमणमा मारिएका थिए । त्यसपछि ४ महिनासम्म इरानले अमेरिका र इजरायलसँग निरन्तर युद्ध गर्यो । अहिले युद्धबिरामका बेला इरानले खामेनीको अन्तिम संस्कार आयोजना गरेको हो ।
अन्तिम संस्कार अन्तर्गत आज इरानको तेहरानमा शवयात्रा गरिएको छ । शवयात्राको दिन इरानमा सरकारी र निजी कार्यालय, यातायात र बजार सबै बन्द छ ।
खामेनीसँगै उनकी छोरी, ३ वर्षकी नातिनी, ज्वाइँ र बुहारीको शव राखिएका गाडी शहरमा विस्तारै गुडाइएको छ । चर्को गर्मीको परवाह नगरी सर्वसाधारण शवयात्रामा सहभागी भएका छन् । शव यात्रामा सहभागीहरुलाई शीतल बनाउन शहरबासीले पानी छेपेका छन् ।
खामेनीले इरानमा ३५ वर्षसम्म शासन गरे । अमेरिका र इजरायलको आक्रमणमा गत फेब्रुअरीमा उनी मारिएपछि उनको छोरा मोजताबा अलि खामेनी सर्वोच्च नेता चयन भएका छन् । तर उनी शवयात्रा लगायत अन्तिम संस्कारका कुनै पनि कार्यक्रममा देखा परेका छैनन् ।
खामेनीको अन्तिम संस्कारको कार्यक्रम गत शुक्रबार अर्थात् ३ जुलाइमा सुरु भएको थियो । त्यस दिन अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरुलाई पनि श्रद्धाञ्जली समारोहमा बोलाइएको थियो ।
त्यसपछिको दुई दिन तेहरानको ग्रान्ड मोसाला मस्जिदमा शोक सभा गरिएको थियो ।
आज बिहानदेखि तेहरानमा शवयात्रा गरिएको छ । यो शवयात्रा १० देखि १२ घण्टाको हुनेछ ।
यसपछि भोलि खामेनीको शव इराकको कोम शहरमा लगिनेछ । पर्सि इराककै नाजाफ र कारबालामा लगिनेछ । यी शहर मक्का र मदिनापछि सिया मुस्लिमहरुको पवित्र तीर्थस्थल मानिन्छ ।
९ जुलाइमा इरानको उत्तर पूर्वी शहर मसादमा खामेनीको अन्त्येष्टि गरिनेछ ।
इरानले आफ्नो सर्वोच्च नेताको अन्त्येष्टिलाई आफ्नो राष्ट्रिय एकता र शक्ति प्रदर्शनको अवसर बनाएको छ ।
इरानी अधिकारीहरुले खामेनीको अन्तिम संस्कारलाई फनेरल अफ दी सेन्चुरी पनि भनेका छन् ।
हेर्नुहोस् भिडियो :
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








