रुँदै रुँदै बिदा भए नेयमार
जब रेफ्रीले फाइनल ह्वीसल बजाए, नेयमार मैदानमा थचक्क बसे, दुबै हातले टाउको समाए अनि धरधरि रोए ।
उता ब्राजिलमाथि २–१ को विजयसँगै क्वार्टरफाइनल पुगेपछि नर्वेका खेलाडीहरु खुशी बनाइरहेका थिए । अर्लिङ हालान्ड मैदानमै ड्रम ल्याएर बजाइरहेका थिए ।
यो नेयमारको अन्तिम विश्वकप हो, अझ ब्राजिल टिमबाट पनि उनले अब नखेल्न सक्छन्, उनले पोस्ट म्याच कन्फ्रेन्समा सिधै त भनेनन्, तर सन्यासको संकेत गरेका छन् ।
अन्तिम विश्वकप उनले यादगार बनाउन सकेनन् । लगातारको चोटका कारण सन् २०२३ देखि नै नेयमारले राष्ट्रिय टिममा पर्न संघर्ष गरिरहेका थिए । विश्वकपको टिम बनाउँदा प्रशिक्षक कार्लो एन्सेलोट्टीले नेयमारलाई बोलाउन त बोलाए, तर मैदान उतार्ने रिस्क लिन चाहेनन् ।
यो विश्वकपमा नेयमारले जम्मा ३८ मिनेट मात्र खेल्न पाए । ब्राजिलले ५ खेल खेलेकामा नेयमारले दुई खेल मात्र खेल्न पाए । समूह चरणमा स्कटल्याण्डविरुद्ध उनले १५ मिनेट र राउन्ड अफ १६ मा नर्वेविरुद्ध २३ मिनेट । नर्वेविरुद्ध अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल गर्ने खेलाडीमा नाम पनि लेखाए ।
नेयमार विश्व फुटबलका एक प्रतिभाशाली खेलाडी हुन् । उनले ब्राजिलका लागि १३० खेल खेल्दा ८० गोल गरे । ७७ गोल गरेका पेलेलाई उछिन्दै सर्वाधिक गोलकर्ता बने ।
तर, उनको समयमा ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलमा राम्रो पर्फमेन्स गर्न सकेन । नेयमारको बेस्ट पर्फमेन्स भनेको सन् २०१४ को विश्वकपमा सेमिफाइनलमा पुग्नु नै रह्यो ।
नेयमारले सन् २०१० देखि ब्राजिल टिमबाट खेल्न थालेका हुन् । एक समय नेयमार विश्व फुटबलकै ठूला स्टार थिए । लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोपछि नेयमारको युग सुरु हुने धेरैको अनुमान थियो ।
सन् २०१३ मा स्पेनी क्लब बार्सिलोना गएदेखि उनको करिअरको ग्राफ उकालो लागेको थियो । त्यहाँ उनले लियोनेल मेसी र उरुग्वेका लुइस स्वारेजसँग जोडी बाँध्न पाए । त्यतिबेला यो ट्रिओलाई एमएसएन भनिन्थ्यो । धेरैवटा ला लिगा टाइटल जिते, च्याम्पियन्स लिगको टाइटल पनि जिते ।
सन् २०१७ मा बार्सिलोना छाडेपछि भने उनको करिअर विस्तारै छाँयामा पर्न थाल्यो । उनी सन् २०१७ मा कीर्तिमानी मूल्य २१७ मिलियन डलरमा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमा आवद्ध भए । तर इन्जुरीका कारण उनले पीएसजीमा राम्रो छाप छाड्न सकेनन् ।
सन् २०२३ मा उनी साउदी अरेबियाको अल हिलाल क्लबमा ज्वाइन भए तर दुई वर्षपछि आफ्नै देश ब्राजिलको सान्तोषमा फर्किएर फुटबल खेलिरहेका थिए ।
तर, यी स्टारले विश्पकप मात्रै हैन, आफ्नो करियरमा कोपा अमेरिकाको उपाधि पनि जित्न सकेका छैनन् । यस्ता स्टारले चोटका कारण सधैं आफ्नो इन्टरनेसनल फुटबल करियरमा संघर्ष मात्रै सामना गर्नुपर्यो । यसपटकको विश्पकपमा उनी खाली हात ब्रजिल फर्किएका छन् ।
हेर्नुहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








