नेभिगेशन
3 Minute

अमेरिकासँग डराएको हो फिफा ? 

विश्वकप फुटबलमा एउटा नियम अकाट्य थियो, यदि कुनै खेलाडीले रातो कार्ड पायो भने अर्को खेल अनिवार्य गुमाउँछ । 

न अपिल, न कुनै बहाना । 

यो विश्वकपमा मात्र, १३ खेलाडीले रेडकार्ड पाइसके । सबैले अर्को खेल गुमाए । 

अमेरिकाका स्टार फरवार्ड फोलारिन बालोगुनले बोस्निया हर्जगोभिनासँग भएको खेलमा रेडकार्ड पाएका थिए । उनले भोलि विहान बेल्जियमविरुद्धको खेल खेल्न नपाउनुपर्ने हो । 

तर फिफाले अचाकन उनको प्रतिबन्ध स्थगित गर्‍यो, बालोगुनलाई खेल्न अनुमति दियो । 

किन त ? फिफाले यस्तो निर्णय गर्नुको कारण प्रष्ट बताएको छैन । 

केबल अनुशासन संहिताको आर्टिकल २७ उल्लेख गरेको छ, जसले फिफालाई कुनै पनि सजाय पूर्ण वा आंशिक रुपमा स्थगित गर्ने अधिकार दिन्छ । 

यसअघि विश्वकप फुटबलमा कहिल्यै यो धारा प्रयोग गरिएको थिएन । 

त्यसैले बेल्जियम फुटबल फेडेरेसनले पनि फिफाको निर्णयप्रति असन्तुष्टि जनाएको छ । 

फिफाको निर्णयमा त्यसबेला झन् प्रश्न उठ्यो, जब अमेरिकी सञ्चार माध्यम सीबीएस न्यूजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर बालोगुनको निलम्बनबारे कुराकानी गरेको दाबी गर्‍यो ।

यसले सन् १९६२ को गरिन्चाको रेडकार्डलाई सम्झाएको छ । त्यो बेला भएको के थियो भने चिलीसँग भएको सेमिफाइनलका क्रममा ब्राजिलका गरिन्चाले रातो कार्ड पाए । 

ब्राजिलका दुई सुपर स्टारमध्ये एक पेले पहिले नै खेल्न नसक्ने अवस्थामा थिए । अर्का सुपर स्टार गरिन्चा रेड कार्ड पाएपछि चेकोस्लोभाकियासँग फाइनल खेल्दा ब्राजिलका स्टार खेलाडीहरु नै मैदानमा नहुने भए । 

त्यसपछि ब्राजिलका अधिकारीहरुले कूटनीतिक लबिङ थाले, फिफामाथि राजनीतिक दबाव दिए । यतिसम्म कि अनुशासनको कारबाहीबारे निर्णय गर्ने अधिकारीले नै देश छाडेर हिँड्नुपर्‍यो । 

त्यही रिक्तताको फाइदा उठाएर ब्राजिलले अपील गर्‍यो, गरिन्चाले फाइनल खेल्ने अवसर पाए । र, चिलीमा भएको त्यो विश्वकपको उपाधि समेत ब्राजिलले नै जित्यो ।

यो पटक फेरि राजनीतिक दबावमा फिफाले बालोगुनको निलम्बन स्थगन गरेको त होइन भन्ने प्रश्न उठेको छ । 

सँगै अर्को प्रश्न सुरु भएको छ, भोलिका खेलहरुमा अरु खेलाडीले यस्तै छुट पाउने कि नपाउने ? 

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute