महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न विद्यालय र कलेजमा आर्थिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
झापाको मेचीनगर–७ स्थित पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ्ग गाउँपालिका–४ को सल्यान सुखौरा माध्यमिक विद्यालय, मकवानपुर हेटौंडाको वंशगोपाल आधारभूत विद्यालय, नवलपरासी गंैडाकोट–१ को नवदुर्गा आधारभूत विद्यालयमा छात्राहरुका लागि सुविधा सम्पन्न शौचालय बनाउन रोटरी क्लबहरु मार्फत आर्थिक सहयोग गरेको छ ।
बैंकको शाखा कार्यालय, बेलौरी मार्फत कञ्चनपुरको शुक्लाफाँटा–१ को कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई ८० थान झोला वितरण गरेको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– २ को सिमरा कलेजमा १ थान ल्यापटप सहयोग गरेको छ ।
बझाङको केदारस्यूँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई थर्मोमिटर, विपी सेट, प्राथमिक उपचार बाकस, स्टेचर लगायतका स्वासथ्य तथा खेलकुद सामग्री वितरण गरेको छ ।
पाल्पाको रिब्दिकोट गाउँपालिका– ४ को भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी रुपमा व्यवस्थापन गर्नको लागि १० थान डस्टविन हस्तान्तरण गरेको छ । मकवानपुर भीमफेदीको राष्ट्रिय माध्यमिक विद्यालयमा आर.ओ सहितको पिउने पानी संरचना निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।
रौतहट चन्द्रनिगाहापुर–१० को नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सेतो डिजिटल बोर्ड प्रदान गरेको बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकमा कफी लाउञ्जसहितको डिजिटल हब
ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन’ सुरु
जनकपुर ओपनिङ धमाकामा अल्टिमाको अफर र उपहार
ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा भट्टराई नियुक्त









