देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
के तपाईं आफ्नो पसलबाट अल्टिमा लाइफस्टाइलका प्रडक्टहरु बिक्री गर्न चाहनुहुन्छ ?
अहिलेसम्म अल्टिमाले आफूले उत्पादन गरेको स्मार्टवाच, वायरलेस इयरबड्स, स्पिकर, चार्जर तथा विभिन्न मोबाइल एक्सेसरिजहरू आफ्नै आउटलेटबाट मात्र बिक्री गर्दै आएको थियो ।
अब भने देशभरिका अरु रिटेल पसलहरुबाट पनि बिक्री गर्ने भएको छ । त्यसका लागि अथोराइज्ड रिसेलर खोजेको छ ।
अथोराइज्ड रिसेलरका लागि उनीहरुले गर्न सक्ने वार्षिक कारोबारका आधारमा तीनवटा प्रोग्राम घोषणा गरेको छ ।
पहिलो छ, गोल्ड अथोराइज्ड रिसेलर । गोल्ड अथोराइज्ड रिसेलरले अल्टिमाका सबै उत्पादनहरु कम्तीमा १–१ वटा स्टकमा राख्नुपर्नेछ । अनि वर्षमा २० लाख रुपैयाँका उत्पादन खरिद गर्नुपर्नेछ ।
दोस्रो छ, डायमण्ड अथोराइज्ड रिसेलर । यस्ता रिसेलरले सुरुमा कम्तीमा ५ लाखका सामान खरिद गर्नुपर्नेछ । अनि वर्षभरिमा ५० लाख रुपैयाँका सामान किन्नुपर्नेछ ।
तेस्रो छ, प्लाटिनम अथोराइज्ड रिसेलर । यस्ता रिसेलरले सुरुमा कम्तीमा २० लाख रुपैयाँका सामान किन्नुपर्नेछ । अनि वर्षमा एक करोडका सामान किन्नुपर्नेछ ।
रिसेलरहरूले वर्षभरि गरेको कारोबारको वार्षिक रुपमा विशेष पुरस्कार पनि पाउनेछन् । वार्षिक खरिद लक्ष्य पूरा गर्ने वा त्यसभन्दा बढी कारोबार गर्ने आधिकारिक बिक्रेतालाई थाइल्याण्ड भ्रमण, रोयल इनफिल्ड मोटरसाइकल र ५ लाख रुपैयाँ नगदर पुरस्कार घोषणा गरिएको छ ।
अल्टिमा लाइफस्टाइलले अथोराइज्ड रिसेलर प्रोग्रामबाट देशभरका रिटेलरहरूसँग दीर्घकालीन र दुवै पक्षलाई फाइदा पुग्ने साझेदारी निर्माण गर्न चाहेको बताएको छ ।
महाप्रबन्धक प्रज्वल ढकालले भनेका छन्, 'अथोराइज्ड रिसेलर प्रोग्राममार्फत हामी यस्तो व्यवसायिक वातावरण निर्माण गर्न चाहन्छौं, जहाँ हाम्रा साझेदारले सिधै ब्रान्डसँग जोडिएर राम्रो नाफा, आवश्यक सहयोग र दीर्घकालीन व्यवसायिक अवसर प्राप्त गर्न सकुन्।'
अथोराइज्ड रिसेलर प्रोग्राम, यसको मापदण्ड र साझेदारीका सुविधाबारे ९८०२३६७९०८ मा टेलिफोन गरेर पनि जानकारी लिन सकिने अल्टिमाले जनाएको छ ।
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग
महालक्ष्मी विकास बैंकमा कफी लाउञ्जसहितको डिजिटल हब
ग्लोबल आइएमई बैंकको ‘एआई–एमएल ह्याकाथन’ सुरु
जनकपुर ओपनिङ धमाकामा अल्टिमाको अफर र उपहार









