विश्वकपमा यामालको भाइको चर्चा
विश्वकप जितेपछि स्पेनी खेलाडीहरु स्टेडियममा खुशी मनाइरहेका थिए ।
एउटा सानो बच्चा गोल पोस्टमा चुँडिएको नेटको एक टुक्रा टिपेर दौडिदै यामाललाई भेट्न पुग्छन् । र त्यो नेट दिन्छन् ।
यामाल त्यो नेटलाई भुइँमा फालेर बच्चालाई काखमा लिन्छन् र म्वाइँ खान्छन् ।
ती साना बालकले पनि यमालकै १९ नम्बरको जर्सी लगाएका छन् ।
स्पेनका हरेकजसो खेलमा देखिने यी बालक को हुन् भन्ने धेरैले चिनिसके । किनकी उनको अनुहार हेरेरै थाहा हुन्छ, यिनी यामालकै भाइ हुन्, उनी ४ वर्षका केन ।
अर्जेन्टिनालाई फाइनलमा १–० ले हराएपछि स्पेनी टिम खुशी मनाइरहेका बेला यामालका भाइ केन पनि मैदानमै पुगेका थिए । उनको सेलिब्रेसन धेरैका लागि रोचक थियो ।
उनी कहिले यामालको क्याप लगाउँथे, कहिले वल्र्ड कप ट्रफी हातमा लिएर रमाउँथे, कहिले फुटबल खेल्थे त कहिले मैदानमा ड्युटीमा रहेका पुलिस अफिसरको क्याप लगाउँथे ।
केनले यो विश्वकपमा दाजु यामालले खेलेका धेरै खेल मैदानमै गएर हेरेका छन् । उनले खुशी मनाएको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
केनलाई धेरैले नोटिस गरेको राउन्ड ३२ मा स्पेन र अष्ट्रियाविरुद्धको खेलपछि हो ।
एक जना स्पेनी समर्थकले एक्समा भिडियो पोस्ट गरेका थिए, जहाँ केनले भामोस भामोस भन्दै चिच्याइरहेका थिए ।
त्यो क्लिपले निकै चर्चा पायो, धेरैले यी बच्चा को होलान् भनेर चासो दिए । उनी यामालको भाइ हो भन्ने थाहा पाएपछि स्टेडियममा पुगेका फोटो ग्राफरहरुले पनि खोजी गर्न थाले ।
क्वार्टरफाइनलमा बेल्जियमविरुद्धको खेलमा पनि केनले धेरैलाई रमाइलो बनाइदिए । त्यतिबेला उनले प्याराफिटमा गरेको सेलिब्रेसन, अनुहार र मुखको हाउभाउ हेर्नलायक थियो ।
केन यो विश्वकपमा आफ्नो इनर्जेटिक सेलिब्रेसन र गेम सकिएपछि आफ्ना दाइसँग खुशी साटेका कारण चर्चामा आइरहेका छन् । तर यस्ता गतिविधि उनले कुनै योजनावद्ध गरेका होइनन्, उनको बालशुलभ गतिविधि हो ।
केनको जन्म सन् २०२२ को सेप्टेम्बरमा भएको हो । यामाल र केनका आमा एकै हुन्, तर बाबु फरक । यामालकी आमा सैला इबानाले यामालका बाबुसँग सम्बन्ध विच्छेद गरेर अर्को बिहे गरेकी थिइन् । त्यसैले यामाल र उनका भाइको उमेरको अन्तर १६ वर्ष छ ।
फाइनलमा आफ्नो छोरा यामालको खेल हेर्न आमा शैला इबाना आफ्ना नजिकका साथी र परिवारका सदस्यसँग स्टेडियममा आएकी थिइन् । केन पनि आमासँगै स्टेडियम आएका थिए । उनले पनि यामालकै १९ नम्बरको जर्सी लगाएकी थिइन् ।
यो विश्वकपमा मात्र होइन, यामालले खेल्ने धेरैजसो खेल हेर्न केन स्टेडियम पुगेका हुन्छन् । सन् २०२४ मा स्पेनले युरोकपको उपाधि जित्दा पनि केन दाजु यामालसँग सेलिब्रेसन गर्न पुगेका थिए । उनी बार्सिलोनाको खेल भएका बेला पनि निरन्तर जाने गरेका छन् ।
यामालले जम्मा १९ वर्षकै उमेरमा युरो कप र विश्वकपको उपाधि उचालिसकेका छन् । विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध उनी पुरै समय मैदानमा रहे । उनले राम्रो खेल पनि खेलेका थिए, तर गोल गर्न भने सकेनन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








