कुबार्सी कसरी छानिए फिफा योङ प्लेयर ?
धेरैको अनुमान थियो, यो विश्वकपमा योङ प्लेयरको अवार्ड लामिल यमालले जित्न सक्छन् ।
तर यामालले होइन, स्पेनकै १९ वर्षका डिफेन्डर पाउ कुर्बासीले पाए ।
सेन्टर ब्याक कुबार्सीको जिम्मा मैदानको सेन्टर भागबाट बल रोक्ने थियो । त्यो भूमिकामा उनी अब्बल सावित भए ।
कुबार्सीले यो विश्वकपमा स्पेनले खेलेका सबै ८ खेल खेले अनि ७ खेलमा क्लिनसिट राखे । अर्थात्, वल्र्डकपमै स्पेनले जम्मा १ गोल भन्दा खाएन, जसमा कुबार्सीको पनि महत्वपूर्ण भूमिका थियो ।
यो पुरस्कार विश्वकपभरि सबैभन्दा प्रभावशाली युवा खेलाडीलाई प्रदान गरिन्छ, र यसपटक कुबार्सीले आफ्नो परिपक्व खेलमार्फत यो सम्मान जित्न सफल भए ।
यामाल त फुटबलको स्टार भइसके । उनको तुलना विश्वकप फुटबलमा महान खेलाडीसँग हुन थालिसक्यो । त्यसैले पनि कुबार्सी यसका लागि डिजर्भिङ थिए ।
फाइनलमा अर्जेन्टिनाविरुद्ध पनि कुबार्सीको प्रदर्शन उत्कृष्ट रह्यो । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिनाको आक्रमणलाई रोक्न उनले महत्वपूर्ण भूमिका खेले ।
यही उत्कृष्ट प्रदर्शनका कारण कुबार्सीले विश्वकप २०२६ को योङ प्लेयर अवार्ड पाए ।
विश्वकप उपाधिसँगै यो व्यक्तिगत पुरस्कारले पनि उनको करिअरमा नयाँ अध्याय थपेको छ ।
२००९ मा स्पेनको क्याटोलोनियामा जन्मेका पाउ कुबार्सी कुनै फुटबल लिगेसी परिवारबाट आएका होइनन् । कुबार्सीलाई बाल्यकालदेखि नै फुटबलप्रति गहिरो रुचि थियो । उनले ७ वर्षको उमेरमै जिरोना एफसीको एकेडेमीबाट फुटबल यात्रा सुरु गरे । ११ वर्षको हुँदा त बार्सिलोनाको ला मासिया एकेडेमीमा पुगे । त्यहीँबाट उनको प्रतिभा चम्किन थाल्यो ।
सन् २०१८ मा बार्सिलोनाले उनलाई आफ्नो टोलीमा ल्यायो । त्यसपछि उनको फुटबल करिअरले उचाइ लिन सुरु गर्यो ।
ला मासियामा रहेर कुबार्सीले जुन किसिमको खेल खेले त्यसबाट प्रशिक्षकहरु प्रभावित भए । बलमाथिको नियन्त्रण, विपक्षीको रणनीति पढ्ने क्षमता, सटिक पास र दबाबमा पनि शान्त रहने स्वभावकै कारण उनले २०२४ मा बार्सिलोनाबाट डेब्यु गर्ने अवसर पाए ।
त्यसबेला उनी १७ वर्ष पुग्न चार दिन मात्रै बाँकी थियो । डेब्यु खेलमै उनले परिपक्व प्रदर्शन गर्दै प्रशिक्षक जाभीको विश्वास जिते ।
त्यसपछि बार्सिलोनाको नियमित पहिलो रोजाइका डिफेन्डर बनेका कुबार्सी स्पेनको राष्ट्रिय टोलीमा अवसर पाए । उमेर कम भए पनि प्रशिक्षक लुइस दे ला फुएन्तेले उनीमाथि ठूलो विश्वास राखेका थिए, जुन विश्वासलाई कुबार्सीले प्रमाणित गरिदिए ।
सही समयमा ट्याकल, उत्कृष्ट क्लियरेन्सजस्ता क्षमताले उनी टोलीका सबैभन्दा भरपर्दा डिफेन्डर बनेका थिए ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








