मेसीका लक्की चार्म, लियोनेल स्कालोनी
उनी अर्जेन्टिनाको प्रशिक्षक बन्दा धेरै मान्छे अचम्ममा परेका थिए ।
डिएगो म्याराडोनाले त भनेका थिए, ‘उनी ट्राफिक कन्ट्रोल त गर्न सक्दैनन्, अर्जेन्टिनालाई कसरी सम्हाल्छन् ?
उनले यति ठूलो जिम्मेवारी धान्न सक्छन् भन्ने प्रश्न सबैतिर उठेको थियो ।
स्कालोनीमाथि अविश्वासको कारण थियो, उनी आफ्नो खेल जीवनमा औसत खेलाडी थिए । अनि व्यवसायिक प्रशिक्षण करिअर थालेको ३ वर्ष पनि पुगेको थिएन ।
लियोनेल स्कालोनी सन् १९९५ देखि २०१५ सम्म फुटबल खेलाडी थिए । युरोपका केही क्लब र अर्जेन्टिनी क्लबबाट व्यवसायिक फुटबल खेले । अर्जेन्टिनाको राष्ट्रिय टिमबाट ७ खेल खेले । सन् २००६ को विश्वकपमा उनी र लियोनेल मेसी दुबै जना अर्जेन्टिनी टिमका सदस्य थिए ।
जब सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाले अन्तिम १६ मा फ्रान्ससँग ४–३ को लज्जास्पद हार ब्यहोर्यो, तब अर्जेन्टिनी फुटबल असोसिएसनले प्रशिक्षक जर्ज साम्पाओलीलाई बर्खास्त गर्यो । अनि साम्पाओलीकै सहायक स्कालोनीलाई अन्तरिम प्रशिक्षक बनायो ।
त्यो बेला अर्जेन्टिनाका लागि खराब समय चलिरहेको थियो ।
सन् २०१६ मा कोपा अमेरिकाको फाइनल हारेपछि सन्यास घोषणा गरेका लियोनेल मेसी टिममा त फर्किएका थिए, तर विश्वकपमा भोगेको हारले उनी पनि निराश थिए ।
मेसी व्यवसायिक फुटबल खेल्न स्पेनमा थिए र अर्जेन्टाइन टोलीबाट टाढै रहन चाहन्थे । मेसीलाई उपाधिविहीन देखेर समर्थक निराश थिए ।
अर्जेन्टिनीहरु मेसी र अरु खेलाडीसँग सन्तुष्ट थिएनन् । विभिन्न क्लबबाट खेलेर लाखौं डलर कमाउने तर देशका लागि खेल्न नसक्ने आरोप उनीहरुमाथि थियो ।
जब स्कालोनीले अर्जेन्टाइन क्लब सम्हाल्ने जिम्मेवारी पाए, शान्त रहेर आलोचना सुने । बरु टिम बिलयो बनाउने भित्री रणनीतिहरु बनाउन थाले ।
उनले पहिले लियोनेल मेसीलाई विश्वासमा लिए । उनले मेसीलाई भने, म तिमीलाई टिममा राख्न चाहन्छु, स्कालोनीको सम्मानपूर्ण व्यवहारले मेसी टोलीमा फर्किएर पुनः नेतृत्व सम्हाल्न तयार भए ।
यसपछि स्कालोनीले ठूला स्टारहरुलाई भन्दा टोलीका लागि रगत–पसिना बगाउने युवा खेलाडीमाथि बढी भरोसा गर्न थाले । रोड्रिगो डि पाल, एमी मार्टिनेज र क्रिस्टियन रोमेरो जस्ता खेलाडीहरुलाई टिममा ल्याए ।
खासमा मेसीलाई उनले मियो बनाएर टोलीलाई एकीकृत गरे । सन् २०१९ को कोपा अमेरिकामा टोली तेस्रो भएपछि फेरि स्कालोनी सबैको निशानामा परे । तर, उनी धर्मराएनन्, बरु झन् प्रतिवद्ध भएर आए ।
स्कालोनीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिकाको उपाधि जित्यो । ब्राजिललाई उसकै घरेलु मैदान माराकाना स्टेडियममा हराएर २८ वर्ष लामो उपाधि खडेरी तोड्यो ।
त्यसपछि फुटबल पण्डितहरुले स्कालोनीको शैलीलाई मिसाएर अर्जेन्टाइन फुटबल टिमलाई नयाँ नाम दिए, ‘ला स्कालोनेटा’ । त्यसपछि मेसी र अर्जेन्टिनाका लागि प्रशिक्षक मात्रै हैन, लक्की चार्म नै बने स्कालोनी ।
तर, वास्तविक परीक्षा कतार विश्वकप २०२२ मा हुँदै थियो । अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले पराजित भयो । फेरि स्कालोनीमाथि प्रश्न उठ्यो ।
तर,उनी आत्तिएनन्, आफ्नो रणनीति बदले । उनले इन्जो फर्नान्डेज र जुलियन अल्भारेज जस्ता युवा प्रतिभालाई सिधै मैदानमा उतारे । त्यसपछि अर्जेन्टिाइन टोली अन्तिम सेकेन्डसम्म पनि मैदानमा हार नमान्ने लडाकुहरुको फौज जस्तो भयो । अर्जेन्टिनाले एकपछि अर्को गर्दै विपक्षीहरुलाई पन्छाउँदै फाइनलको यात्रा तय गर्यो ।
फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप ट्रफी उचाल्यो । मेस्सीको सपना पूरा भयो र स्कालोनी विश्वकै उत्कृष्ट रणनीतिकारका रुपमा स्थापित भए ।
जस्तोसुकै दबाबमा पनि कुल रहने र आफ्ना खेलाडीमाथि विश्वास गर्ने स्कालोेनीको स्वभावका प्रशंसक विश्वभरि फैलिए ।
विश्वकप जितेपछि पनि अर्जेन्टिनी टोली चुप बसेन । सन् २०२४ को कोपा अमेरिका पनि जित्यो । स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिनाले एउटा विश्वकप र दुई वटा कोपा अमेरिकाको उपाधि जित्यो । सन् २०२२ र २०२६ मा लगातार दुई पटक विश्वकपको फाइनल खेल्यो । यद्यपि २०२६ मा उपाधि जित्न सकेन ।
अपमान सहेर सुरु भएको स्कालोनीको प्रशिक्षण यात्रा अहिले विश्व फुटबलकै लागि प्रेरणा बनेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








