फेरि ब्यूँताइयो सांसदले पीए राख्न पाउने व्यवस्था
अब सांसदलाई स्वकीय सचिव अर्थात् पीए राख्न बाटो खुलेको छ ।
९ महिनाअघि सुशीला कार्की सरकारले सांसद र राजनीतिक पदाधिकारीले पीए राख्न पाउने सुविधा खारेज गरेको थियो ।
अहिलेको सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले पीए राख्न पाउने निर्णय गरेको छ ।
अब सभामुख र राष्ट्रियसभा अध्यक्षले ३ जना र अरु सांसहरुले १–१ जना पीए अर्थात स्वकीय सचिव राख्न पाउनेछन् ।
कानुन मन्त्रालयको सूचना अनुसार सभामुख र अध्यक्षले एक जना सहसचिव, एक जना उपसचिव र एक जना शाखा अधिकृत सरहका गरी ३ जना पीए राख्न पाउनेछन् ।
त्यस्तै प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षले उपसचिव सरहको पीए राख्न पाउनेछन् ।
राष्ट्रियसभामा विपक्षी दलका नेता, दलका प्रमुख सचेतकहरुले पनि एक जना उपसचिव सरहका पीए राख्न पाउँछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले भने शाखा अधिकृत सरहका पीए राख्न पाउनेछन् ।
सभामुख र अध्यक्षका सहसचिव सरहका पीएले भने गाडी र इन्धन सुविधा पनि पाउँछन् । उपसचिव र शाखा अधिकृत सरहका पीएले भने सरकारी स्केल सरहको तलब मात्र पाउँछन् ।
२०८२ असोजसम्म पनि सांसदहरुले पीए राख्न पाउँथे । तर जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारका अर्थमन्त्री रामेश्वर खनालले खर्च कटौती गर्ने भन्दै सांसदहरुको पीए सुविधा खारेज गरेका थिए ।
त्यतिबेला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख, संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मन्त्रीको पीए सुविधा रहने । तर संघीय सांसद, प्रदेश सांसद र अन्य राजनीतिक पदाधिकारीको पीए सुविधा खारेज गर्ने निर्णय भएको थियो ।
अहिले सरकारले संघीय सांसदहरुलाई पीए सुविधा ब्यूँताएको छ, तर प्रदेश सांसद र अरु राजनीतिक पदाधिकारीको पीए सुविधा भने खारेजीमै छन् ।
रास्वपाको सरकारले सांसदहरुको पीए सुविधा ब्यूँताएकामा विरोध पनि भएको छ । विगतमा आफैं सुशासन र मितव्ययीताको कुरा गर्ने, अहिले चाहिँ फेरि पीए सुविधा ब्यूँताउने भन्दै आलोचना भइरहेको छ ।
सांसदहरु र रास्वपाका समर्थकहरुले भने सांसदहरुको धेरै काम हुने र कतिपय विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने भएकाले पीए सुविधा चाहिने भन्दै बचाउ गरेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








