नेभिगेशन
कर्पोरेट

ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस् 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडमा बैंक खाता अब नागरिक एपबाटै खोल्न सकिने भएको छ । 

नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता खोल्नका लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्कमा क्लिक गरि पाउनेछन् । 

नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ । 

यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकहरुले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन् । 

यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रुपमा प्राप्त गर्नेछ । 

यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुनेछ । 

नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।

नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप कर्पोरेट