सुरक्षा माग्दै डाक्टरले छाडे बिरामी उपचार
डाक्टरहरु सुरक्षा भएन भनेर बिरामी जाँच्न छाडिरहेका छन् ।
यता बिरामीहरु डाक्टर नपाएर छटपटिरहेका छन् ।
काम गर्न सुरक्षा नभएको भन्दै आज देशभरका डाक्टरहरुले इमर्जेन्सीका बिरामी मात्र जाँचे । अस्पतालहरुमा ओपीडीमा दैनिक हजारौं बिरामीले स्वास्थ्य जाँच गराउँछन् । तर आज ओपीडीमा डाक्टरहरु बिरामी जाँच्नै बसेनन् ।
साउन ९ गते वीरगञ्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपीट हुनुका साथै अस्पतालमा पनि तोडफोड भएको थियो ।
त्यसपछि सुरक्षा माग्दै प्रशासन कार्यालय पुगेका डाक्टरहरुलाई प्रमुख जिल्ला अधिकारी र सुरक्षाकर्मीहरुले दुव्र्यवहार गरेका डाक्टरहरुले बताएका छन् । त्यसैको विरोधमा देशभरिका डाक्टर आन्दोलनमा आएका हुन् ।
आज नारायणी अस्पतालका सबै डाक्टरहरुले सामूहिक राजीनामा समेत दिएका छन् । उनीहरुले असुरक्षा भएको भन्दै काम गर्न नसक्ने बताएका छन् ।
सरकारले डाक्टरहरुलाई आन्दोलन छाडेर बिरामीको उपचारमा लाग्न आग्रह गरेको छ । तर सरकार र डाक्टरहरुबीच वार्ता हुन सकेको छैन । नेपाल चिकित्सक संघले सर्वपक्षीय भेला गरेर थप आन्दोलन घोषणा गर्ने बताएका छन् ।
सरकारले पनि आन्दोलनरत डाक्टरलाई सुरक्षाको प्रत्याभूति दिलाएर काममा फर्काउन सकेको छैन । जसले गर्दा सर्वसाधारण भने मर्कामा परिरहेका छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








