अब कामी होइन, विश्वकर्मा
नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी सरकारी कागजपत्रमा जसको जात र थर कामी लेखिएको छ, उनीहरुले त्यसलाई सच्याएर विश्वकर्मा लेखाउन पाउने भएका छन् ।
किनकी सर्वोच्च अदालतले नै यस्तो आदेश दिएको छ ।
नेपालमा नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र जस्ता सरकारी अभिलेखमा विश्वकर्मालाई कामी जाति भनेर लेखिएको छ । अझ राष्ट्रिय जनगणना जस्ता ठूला सर्वेक्षणमा कामीलाई मान्छेको जातिका रुपमा उल्लेख गरिएको छ ।
तर विश्वकर्मा एकता समाजका अध्यक्ष गोपाल विश्वकर्माले कामी घृणित र अपमानित शब्द भएको र त्यसले आफूहरुलाई सम्बोधन गर्दा जातीय विभेद र अपमानित महसुस भएको भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
त्यही रिटको सुनुवाइपछि सर्वोच्चले कामी जाति र थरको सट्टा विश्वकर्मा लेख्न दिन आदेश दिएको छ ।
अब विश्वकर्मा समुदायका जो कोही सदस्यले आफ्नो जात र थर कामीको सट्टा विश्वकर्मा लेखाउन चाहेमा सम्बन्धित व्यक्तिको इच्छा अनुसार विश्वकर्मा लेख्न पाउने व्यवस्था गर्न अदालतले सरकारलाई आदेश दिएको छ ।
कामी शब्दले विश्वकर्मा समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक हनन गरेको भन्दै सर्वोच्चले कामीको सट्टा विश्वकर्मा प्रयोग गर्न दिन भनेको हो ।
न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले भनेको छ, ‘कुनै शब्द शब्दकोशीय दृष्टिले तटस्थ र समानार्थी देखिए पनि यसको वास्तविक सामाजिक प्रचलनले नै कुनै समुदायलाई हिनताबोध गराइरहेको अवस्थामा राज्यले त्यस्तै शब्दलाई आधिकारिक र स्थायी संज्ञाका रुपमा कायम राख्नु न्यायसंगत हुँदैन ।
आफू कुन नामबाट चिनिन चाहन्छ भन्ने कुरा निर्धारण गर्ने अधिकार प्रथमतः सोही समुदाय र व्यक्तिकै हो भन्ने अदालतले ठहर गरेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








