आईपीएल भ्यालुएसन २० खर्ब भारु
इन्डियन प्रिमियर लिग (आईपीएल), यो विश्वकै सबैभन्दा धनी टी–२० लिग हो । यसको भ्यालुएसन कति पुग्यो होला ?
अमेरिकाको हुलिहान लकि बैंकले गरेको एक भ्यालुएसन अनुसार यसको मूल्य २०.६ बिलियन डलर अर्थात् २० अर्ब ६० लाख अमेरिकी डलर पुगेको छ । इन्डियन रुपियाँमा हिसाब गर्दा त्यो भनेको करिब २० खर्ब हो ।
आईपीएलको भ्यालुएसन गत वर्ष भन्दा करिब ११ प्रतिशतले बढेको छ ।
सन् २००८ मा सुरु भएको आईपीएल विश्वका उत्कृष्ट क्रिकेटरले खेल्ने प्रतियोगिता हो । आईपीएलले ब्रोडकास्ट रेभिन्यू, स्पोन्सरसिप र फ्रेन्चाइज आदि शीर्षकमा आम्दानी गर्ने गरेको छ ।
आईपीएलमा यस वर्ष दुईवटा क्लबहरु रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्सको स्वामित्व परिवर्तन हुँदा पनि ठूलो आर्थिक कारोबार भएको छ ।
गत मार्चमा ब्ल्याकस्टोन, बोल्ट भेन्चर्स, आदित्य बिरला ग्रुप र टाइम्स अफ इन्डिया ग्रुपले रोयल च्यालेन्जर्स बेंगलुरु किनेका छन् । यसको मूल्य १ खर्ब ७८ अर्ब अमेरिकी डलर रहेको छ ।
त्यस्तै गत मे महिनामा मित्तल परिवार र अदर पुनवालाले १ खर्ब ६५ अर्ब अमेरिकी डलरमा राजस्थान रोयल्स किनेका थिए ।
आईपीएल २०२६ को ब्राण्ड भ्यालु सर्वेमा हुलिहान बैंकले भनेको छ, ‘फ्रेनचाइजको भ्यालुएसनले नयाँ उचाइ छोएको छ, निजी लगानी भित्रिरहेको छ र लिगको कमर्सियल इकोसिस्टममा निरन्तर विविधता आइरहेको छ ।’
नेपालमा पनि पछिल्लो २ वर्षदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालन भइरहेको छ । तर नेपालमा यस्ता प्रतियोगिताको ब्राण्ड भ्यालु कति हुन्छ भनेर हिसाब गर्ने चलन छैन ।
नेपालमा खेलाडीहरुको आम्दानी बढाउन र दशैंपछिको समयमा आर्थिक तथा व्यापारिक कारोबार बढाउन एनपीएलले निकै राम्रो भूमिका खेलेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








