राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
राष्ट्रिय प्रजातन्त्र पार्टीले तराई मधेशमा हिंसा तथा साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यस्ता घटनाको कारण, पृष्ठभूमि, योजनावद्ध पक्ष र सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी जरासम्म पुग्न आग्रह गरेको छ ।
'पटकपटक दोहोरिरहेको यस्ता घटनालाई सधैंको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी गरोस् र आगामी दिनमा यसप्रकारका घटना हुने छैनन् भन्ने सुनिश्चितता प्रदान गरोस् भन्ने राप्रपाको धारणा रहेको छ' केन्द्रीय समितिको निर्णयपछि प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले प्रहरीको गोली प्रहार सुनसरी र सिरहामा मानिसको ज्यान जानुमा भिड व्यवस्थापनमा गम्भीर प्रशासनिक कमजोरी देखिएको उल्लेख गरेको छ ।
'राज्यले संयमता गुमाउँदा र परिस्थितिको सही विश्लेषण नगर्दा तराई मधेस क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गर्न बल पुग्न गएको छ। समस्याको समाधान दमन र गोली प्रहारबाट खोजिनु उपयुक्त हुदैन', राप्रपाले विज्ञप्तिमा भनेको छ ।
राप्रपाले घटनाको निष्पक्ष, स्वतन्त्र तथा विश्वसनीय अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन राप्रपा सरकारसँग माग गरेको छ ।
श्रृंखलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताका कारण देश द्वन्द्व उन्मुख हुने सम्भावना रहेको भन्दै राप्रपाले सबै पक्षलाई विश्वासमा लिएर दीर्घकालीन शान्तिको राष्ट्रिय अठोटको गन्तव्य तय गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
हेर्नुहोस् राप्रपाको विज्ञप्ति :
-1785497655.jpg)
-1785497670.jpg)
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








