सात दलले बनाए संघीय लोकतान्त्रिक मोर्चा
२१ चैत, काठमाडौं । तराइ मधेश केन्द्रित सात दलले संघीय लोकतान्त्रिक मोर्चा (एफडीएफ) घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मोर्चामा आवद्ध सातै दलका शीर्ष नेताहरु उपस्थित थिए । मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, तमलोपा, जनता प्रगतिशील र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी आवद्ध छन् ।
मोर्चाले २६ बुँदे अवधारणा पत्र र १३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ ।
नेताहरुका अनुसार मोर्चामा आवद्ध सबै दल समान हैसियतमा रहनेछन् । र, पालैपालो सम्बन्धित दलको संसदीय दल वा पार्टी कार्यालयमा बैठक बस्नेछ ।
जुन दलको कार्यालयमा बैठक बस्छ, त्यही दलको अध्यक्षले बैठकको अध्यक्षता गर्ने पनि सहमति छ । मोर्चामा आवद्ध भएका केही दल सरकारमा छन्, तर यसमा कुनै अप्ठ्यारो नपर्ने जनता प्रगतिशीलका नेता शिवजी यादवले बताए ।
हेर्नुहोस् मोर्चाको अवधारणापत्र र आचारसंहिता
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






