सात दलले बनाए संघीय लोकतान्त्रिक मोर्चा
२१ चैत, काठमाडौं । तराइ मधेश केन्द्रित सात दलले संघीय लोकतान्त्रिक मोर्चा (एफडीएफ) घोषणा गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मोर्चामा आवद्ध सातै दलका शीर्ष नेताहरु उपस्थित थिए । मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, तमलोपा, जनता प्रगतिशील र राष्ट्रिय मुक्ति क्रान्ति पार्टी आवद्ध छन् ।
मोर्चाले २६ बुँदे अवधारणा पत्र र १३ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ ।
नेताहरुका अनुसार मोर्चामा आवद्ध सबै दल समान हैसियतमा रहनेछन् । र, पालैपालो सम्बन्धित दलको संसदीय दल वा पार्टी कार्यालयमा बैठक बस्नेछ ।
जुन दलको कार्यालयमा बैठक बस्छ, त्यही दलको अध्यक्षले बैठकको अध्यक्षता गर्ने पनि सहमति छ । मोर्चामा आवद्ध भएका केही दल सरकारमा छन्, तर यसमा कुनै अप्ठ्यारो नपर्ने जनता प्रगतिशीलका नेता शिवजी यादवले बताए ।
हेर्नुहोस् मोर्चाको अवधारणापत्र र आचारसंहिता
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान



-1765351207.jpg)



