कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
पछिल्लो दिनमा पाकिस्तानको ब्रोड पिकको चर्चा विश्वभर भइरहेको छ । एकैपटक १० अनुभवी आरोहीहरुले यहाँ हिमपहिरोमा ज्यान गुमाएपछि विश्व नै यो हिमालतिर हेरिरहेको छ ।
ब्रोड पिक पाकिस्तानमा रहेको ८ हजार ५१ मिटर अग्लो हिमाल हो । संसारमा ८ हजार मिटर माथिका १४ वटा हिमाल छ । जसमध्ये १२ औं स्थानमा पर्छ, ब्रोड पिक ।
यो हिमाल पाकिस्तानको काराकोरम हिम श्रृङ्खलाको एउटा हिमाल हो । यो हिमाल विश्वकै दोस्रो अग्लो हिमाल केटूदेखि करिब ५ माइल टाढा छ ।
ब्रोड पिक धेरै अप्ठेरो हिमाल पनि मानिँदैन । तर धेरै सजिलो पनि होइन, अनुभवी पर्वतारोहीहरुले नै चढ्ने हिमाल मानिन्छ ।
७ हजार मिटर अग्ला हिमाल चढिसकेको र चो युजस्ता सजिलो हिमाल चढिसकेको मान्छेले मात्र ब्रोड पिक चढ्नु उपयुक्त मानिन्छ ।
ट्राभल एजेन्सीहरुले ब्रोड पिकमा जानुअघि कम्तीमा चोयु र हिमलुङ हिमाल चढ्न सुझाव दिन्छन् । यी हिमाल आरोहणबाट सीप विकास हुने, निर्णय लिने क्षमता बलियो हुने उनीहरुको भनाइ छ ।
ब्रोड पिकमा बाक्लो हिउँका तहहरु छन्, त्यसैले हिमपहिरोको जोखिम असाध्यै छ । यो हिमाल भिरालो र प्राविधिक रुपमा पनि अप्ठेरो मानिन्छ ।
पर्याप्त तयारी गरेको, शारीरिक रुपमा तन्दुरुस्त र हिमालमा आइपर्ने प्राविधिक जटिलतालाई सजिलै ह्याण्डल गर्न सक्ने मान्छेले मात्र यो हिमाल चढ्न सक्छ ।
आरोहीहरु ज्यान जान पनि सक्छ भन्ने मेन्टल्ली तयार भएर ब्रोड पिकमा जानुपर्ने बताउँछन् ।
ब्रोड पिक आरोहणका लागि सबैभन्दा पहिला इमान्दारी चाहिन्छ, त्यो इमान्दारी आफ्ना सहयात्रीप्रति पनि उत्तिकै आवश्यक छ । टोलीमा एउटाको जीवन अर्को सदस्यमा निर्भर हुन्छ ।
ब्रोड पिकको आरोहणले आरोहीहरुलाई युनिक एक्सपेरियन्स दिन्छ । अनि यो हिमालमा धेरै भिडभाड पनि हुँदैन । किनकी यो हिमाल थोरै मान्छेले मात्र चढ्छन् । पर्वतारोही समाजमा यो हिमाल चढ्नेहरुको छुट्टै महत्व छ ।
८ हजार मिटर अग्ला हिमालहरुको तुलना गर्ने हो भने काराकोरम क्षेत्रका केटू र गासरब्रुम जस्ता हिमालको तुलनामा ब्रोड पिक त्यति अप्ठेरो हिमाल चाहिँ होइन ।
सगरमाथा प्राविधिक रुपमा केही कठिन र सर्वोच्च शिखर भएकाले यसको आफ्नै महत्व छ । माउन्ट के टू निकै भिरालो र प्राविधिक रुपमा कठिन मानिन्छ ।
अन्य हिमालहरुको तुलनामा ८ हजार ९१ मिटर अग्लो माउन्ट अन्नपूर्णमा मृत्युदर बढी छ र हिमालय क्षेत्रमा निरन्तर भइरहने हिमपहिरोका कारण यसलाई खतरनाक हिमाल पनि मानिन्छ । त्यस्तै ८ हजार १२६ मिटर अग्लो नांगा पर्वत पनि उत्तिकै चुनौतीपूर्ण हिमाल हो, जसका लागि उच्चस्तरको पर्वतारोहण अनुमति चाहिन्छ ।
पर्वतारोहीहरुले के टू चढ्नुअघि तयारी स्वरुप ब्रोड पिक चढ्ने गर्छन् । यसको बेसक्याम्प ४८५० मिटरको उचाइमा रहेको छ । त्यसपछि ५,५०० मिटरको उचाइम क्याम्प वान र ६,१०० मिटरको उचाइमा क्याम्प टू रहेको छ ।
७,१०० मिटरको उचाइमा क्याम्प थ्री रहेको छ । ब्रोड पिक पहिलो पटक सन् १९५७ मा अष्ट्रियन एक्पिडिसन ग्रुपले चढेको थियो ।
ब्रोड पिकमा यसअघि पनि पटक पटक सानातिना दुर्घटना भइरहेका छन् । यसअघि सन् २००६ मा ब्रोड पिकमा ६ जनाको मृत्यु भएको थियो । दुर्भाग्य, यस वर्ष जुलाइ ३१ मा भएको दुर्घटनामा १० जनाको मृत्यु भयो । जुन यो हिमालको इतिहासमै सबैभन्दा ठूलो दुर्घटना हो, जसमा नेपालले आफ्ना हिरोहरु पनि गुमाउनुपर्यो ।
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
अब कामी होइन, विश्वकर्मा

-1785335722.png)






