अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
काठमाडौंमा श्रृङ्खलावद्ध सुनका गरगहना लुट्ने समूहको बिगबिगी थियो । प्रहरीलाई हैरान बनाएको थियो ।
यो समूहले महिला तथा वृद्धहरुलाई निशाना बनाइरहेको थियो । प्रतिकार गर्न खोजे घाँटी थिच्थ्यो, कुटपिट गरेर घाइते बनाउँथ्यो । विशेष गरी कोटेश्वर, बानेश्वर, पेप्सीकोला र बनेपा क्षेत्रमा सिक्री लुट्नेहरुको आतंक थियो ।
विगतमा भएका लुटपाट र घटनाहरुको अध्ययनबाट प्रहरी थाहा पायो, यो काम कर्मा तामाङको समूहले गरिरहेको छ । र, यो समूहका सबैलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
गएको असार १३ गते बिहान ४ बजे शान्तिनगरमा तरकारी किन्न जाँदै गरेकी एक महिलालाई बाइकमा आएका दुई जनाले पेप्सीकोला कताबाट जान्छ भनेर सोधे । उनले बाटो बताइदिएर अगाडि बढिन् ।
उनीहरु पछाडिबाट आएर घाँटीबाट सुनको सिक्री लुटेर लग्यो । पीडित महिलाले साढे दुई तोलाको सिक्री लगाएकी थिइन् ।
त्यस्तै असार १५ गते बिहान साढे ३ बजे कोटेश्वरमा एक जना गाडी पार्किङ गरेर घरतिर जाँदै थिए । नचिनेका मानिसहरुले आएर जडिबुटी जाने बाटो कता हो भनेर सोधे । उनले बाटो बताइदिए र घरतिर लागे । मोटरसाइकलमा आएका मान्छेहरुले उनलाई धकेलेर लडाए, कुटपिट गरे र ३ तोलाको सिक्री लुटेर लगे ।
असार १५ गते नै राति ८ बजे काभ्रेको धुलिखेलमा दूध लिन आएकी एक महिलालाई मुख छोपेर आएका युवकहरुले लछार पछार गर्दै कुटपिट गरे । अनि एक तोला २० लालको सिक्री लुटेर लगे ।
श्रृङ्खलावद्ध रुपमा भइरहेको चोरी प्रहरीका लागि समेत टाउको दुखाइ बनिसकेको थियो । त्यसैले प्रहरीले विगतमा भएका लुटपाट र घटनाहरुको अध्ययन गयो । कर्मा तामाङतिर सुइ सोझियो ।
कर्माको खोजीमा रहेको प्रहरीले साउन १५ गते काभ्रेको बनेपाबाट ४ जना सहयोगीलाई पक्राउ गर्यो ।
कर्माको बसोबास र आवतजावतका आधारमा प्रहरीले उनी बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा बस्ने थाहा पायो । साउन १६ गते राति साढे १० बजे प्रहरी टोली पुग्यो चुनिखेलको गाम्चास्थित पानी ट्याङ्की नजिक । त्यहीँ भेटिए कर्मा तामाङ । तर प्रहरी टोलीमाथि नै उनले खुकुरी हाने ।
प्रहरीले दुई राउन्ड हवाइ फायर गर्यो । उनी मोटरसाइकल चढेर माग्न खोजे । अनि प्रहरीले उनलाई घुडामुनि गोली हानेर पक्राउ गर्यो । अहिले कर्मा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् ।
सिन्धुपाल्चोकका कर्मा पेशाले ड्राइभर हुन् । तर उनी सुनका गहना र मोटरसाइकल लुटपाट गर्ने गिरोहका नाइके हुन् ।
यो समूहले महिला र बृद्धाहरुलाई टार्गेट गरेर लुटपाट गथ्र्यो । अनि मोटरसाइकल चोरी गथ्र्यो । त्यो पनि २२० सीसीको पल्सर । चोरी गरेका मोटरसाइकलको नम्बर प्लेट फेर्र्ने अनि गहना चोरीमा प्रयोग गर्ने गथ्र्यो ।
यो समूहमा कर्मा बाहेक सिन्धुपाल्चोकका कर्माको समूहमा काभ्रेका ३० वर्षका प्रतिमान गोले, काभ्रेकै ३० वर्षका पासाङ घिसिङ, ३६ वर्षका मनोज तामाङ र कास्कीका २९ वर्षका आले गुरुङ रहेका छन् ।
प्रतिमान डाका चोरी मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका थिए । गत वर्ष भदौ २४ गते नख्खु कारागारबाट कैदी भाग्दा उनी पनि भागेका थिए । पछि पक्राउ परेर पुनः कारागार पठाइए । सजाय काटेर तीन हप्ताअघि मात्र छुटेका थिए ।
त्यस्तै पासाङ घिसिङ मोटरसाइकल चोरीमा कुख्यात थिए । उनले कर्मा समूहलाई मोटरसाइकल चोरेर उपलब्ध गराउँथे । प्रहरीका अनुसार २० भन्दा बढी मोटरसाइकल चोरीमा उनको संलग्नता छ ।
आले गुरुङचाहिँ लुटपाटको समयमा बल प्रयोग गर्ने गर्थे । उनी घटनास्थल वरिपरि हतियारसहित बस्ने गर्थे ।
मनोज तामाङ चाहिँ सुन पसले हुन् । उनी बनेपामा सुनको कारोबार गर्छन् । चोरेर ल्याएको सुन उनले गालेर स्वरुप परिवर्तन गर्ने गर्छन् । पक्राउ परेकाहरु अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति








