अल्टिमाले ल्याउँदैछ नयाँ हेडफोन, अफरमा १९ रुपैयाँमै पाइने
तपाईं राम्रो साउन्ड दिने र कम्फर्टेबल हेडफोन खोज्दै हुनुहुन्छ ?
त्यसो हो भने अल्टिमाले ल्याउन लागेको नयाँ वायरलेस हेडफोन तपाईंका लागि उपयुक्त हुन सक्छ ।
अल्टिमाले यही अगस्टको ८ तारेखमा अल्टिमा बास ४३० हेडफोन सार्वजनिक गर्दैछ ।
यो हेडफोन शक्तिशाली आवाज, लामो ब्याट्री ब्याकअप र दैनिक प्रयोगका लागि एकदमै कम्फर्टेबल रहेको अल्टिमाले जनाएको छ ।
यो हेडफोन गीत सुन्न, गेम खेल्न, फिल्म हेर्न र फोनमा कुराकानी गर्न उपयोगी छ ।
यो हेडफोनमा ६० घण्टासम्मको प्लेब्याक टाइम र ४० एमएम ड्राइभर सहित अल्टिमा सुप्रिम साउन्डको सुविधा छ । त्यस्तै गेमिङका लागि ४० एमएस लो लेटेन्सी बिस्ट मोड, स्थिर कनेक्टिभिटीका लागि ब्लुटुथ ५.४ र भ्वाइस एसिस्टेन्ट सर्भिसको सुविधा पनि छ ।
भिडियो कलमा कुरा गर्नेहरुका लागि यसमा भएको इन्भाइरोमेन्ट न्वाइज क्यान्सिलेसन (इएनसी) ले वरिपरिको आवाज कम गरी कलको क्वालिटी राम्रो बनाउँछ ।
अनि कान नदुखाउने नरम एयर कुसन र एडजस्टेबल र फोल्डेबल डिजाइन रहेको छ ।
अल्टिमा बास ४३० हेडफोन ७ अगस्टको बेलुका ८ बजे अल्टिमा डट कम डट एनपी र दराजमार्फत अनलाइन लञ्च हुनेछ । अनि अगस्ट ८ देखि दराजका आउटलेटहरुमा पाइनेछ ।
यो हेडफोनको बजार मूल्य २ हजार ९९९ रहेको छ । तर लञ्चका अवसरमा अल्टिमाले विभिन्न अफरहरु पनि घोषणा गरेको छ ।
अल्टिमा डट कम डट एनपी र दराज प्लाटफार्ममा सुरुका १९ जना ग्राहकले जम्मा १९ रुपैयाँमै हेडफोन किन्न पाउँछन् । यो अफर जो सुरुमा गयो उसैले पाउनेछ ।
१९ रुपैयाँको अफर सकिएपछि प्रत्येक प्लाटफार्मका थप १९ जनाले यो हेडफोन ४९९ रुपैयाँमा किन्न सक्नेछन् ।
त्यसैगरी अगस्ट ८ तारेखमा अल्टिमाका देशभरिका ९ वटा आउटलेटमा सुरुका ३/३ जना ग्राहकले पनि १९ रुपैयाँमै किन्न पाउनेछन् । त्यसपछि किन्दा भने यो हेडफोनको मूल्य २ हजार ९९९ रुपैयाँ पर्छ ।
यो हेडफोन खल्ती, जीवी, फोनप्वोइन्टस् र पठाओ बजारमार्फत पनि किन्न सकिन्छ ।
महालक्ष्मी विकास बैंकलाई राइजिङ स्टार ग्रोथ अवार्ड
ग्लोबल आइएमई बैंकको खाता नागरिक एपबाटै खोल्नुस्
देशैभरि आधिकारिक बिक्रेता राख्दै अल्टिमा, उत्कृष्टलाई पुरस्कार
महालक्ष्मीको सीएसआर अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग

-1785335722.png)






