रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
स्पेनका कप्तान रोड्री अहिले ताना–तानमा छन् ।
रोड्री म्यानचेस्टर सिटी छाडेर स्पेन फर्किन चाहन्छन् । अझ उनको चाहना आफ्नै होम टाउनको क्लब रियल मड्रिडबाट खेल्ने छ ।
तर क्याटलान क्लब बार्सिलोना रोड्री र रियल मड्रिडको डिल भाँडिने आशामा बसेको छ ।
यसपालिको वर्ल्डकपको गोल्डेन बल बिजेता, अनि सन् २०२४ को बालन डिओर बिजेता रोड्री अहिले विश्व फुटबलकै उत्कृष्ट मिडफिल्डर हुन् भन्दा फरक पर्दैन । ढाडको चोटबाट हालै मुक्त भएर विश्वकपमा राम्रो पर्फर्मेन्स गरेका उनलाई म्यानचेस्टर सिटी रिटेन गर्न चाहन्छ ।
सम्झौता पनि जुन २०२७ सम्म छ । उनले बीचैमा क्लब छाड्न चाहेका कारण सिटीले उनको रिलिजका लागि ७५ मिलियन युरोको प्रस्ताव गरेको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन र जर्मन क्लब बायर्न म्यूनिखले पनि रोड्रीमाथि चासो देखाएका थिए । तर उनले स्पेन फर्केर ला लिगा नै खेल्ने चाहना राखेपछि ती क्लबहरुको चासोले मूर्त रुप लिन सकेन ।
अहिले रियल मड्रिड म्यानचेस्टर सिटीसँग बार्गेनिङमा छ । रियल मड्रिडले रोड्रीका लागि ६० मिलियन पाउण्ड भन्दा बढी खर्च गर्न हिचकिचाइरहेको छ ।
रियल मड्रिडले समर ट्रान्सफरमा मोटो रकम खर्च गरिसकेको छ । उसले मार्क कुकुरेला, बर्नार्डो सिल्भा, इब्राहिमा कोन्टे, डेन्जेल डम्फ्रेज जस्ता खेलाडी हालै भित्र्याएको छ । त्यसैले पनि उसलाई रोड्रीका लागि ठूलो रकम खर्च गर्न गाह्रो छ ।
जबकी म्यानचेस्टर सिटी यति नै रकममा रोड्रीलाई नपठाउने अडानमा छ । केही खबरहरु यस्तो पनि आएको छ कि, उनीहरुबीचको वार्ता रोकिएको छ । रियल मड्रिडका म्यानेजर जोजे माउरिन्हो रोड्रीप्रति सकारात्मक नभएको समाचारहरु पनि आएका छन् ।
यही मौकामा बार्सिलोना पनि रोड्रीलाई भित्र्याउन सकिन्छ कि भनेर लागेको छ ।
बार्सिलोनाका अधिकारीहरुले भनेका छन्, रोड्रीको खेल बार्सिलोनासँग मिल्छ, उनलाई फिट हुने क्लब बार्सिलोना नै हो । यदि उनी रियल मड्रिड जाँदैनन् भने बार्सिलोना उनलाई लिन आतुर छ ।
झन् नेदरल्याण्डस्का फ्रेन्की डे जोङ घाइते भएका कारण पनि बार्सिलोनालाई रोड्रीको अत्यन्तै खाँचो छ । बार्सिलोनाले सम्झौताको स्वरुप कस्तो हुन सक्छ भनेर रोड्रीका प्रतिनिधिसँग कुरा गर्न थालेका छन् ।
त्यसैले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले रोड्रीलाई रियल मड्रिडबाट बार्सिलोनाले खोस्न सक्ने समाचारहरु छापेका छन् ।
तर बार्सिलोनाको अवस्था बुझेकाहरुको भनाइ छ कि यदि रोड्रीलाई ल्याउने हो भने बार्सिलोनाले आफ्ना केही खेलाडीहरु बिक्री गर्नुपर्ने हुन्छ ।
बार्सिलोनाबाट फेरान टोरेस पेरिस सेन्ट जर्मेन जाने सम्भावना छ । यसबाट पनि बार्सिलोनाले केही रकम जुटाउन सक्छ ।
तर बार्सिलोनाको प्राथमिकता एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजमा छ । उनलाई ल्याउन १०० मिलियन युरो खर्च गर्नुपर्ने हुन सक्छ ।
त्यो अवस्थामा बार्सिलोनाले रोड्रीलाई भित्र्याउन थप आर्थिक स्रोत खोज्नुपर्छ । त्यो भन्दा महत्वपूर्ण रोड्रीको रियल मड्रिडमा जाने सम्भावना सकिएको छैन ।
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






