एउटा शहरजत्रै ठूलो एयरपोर्ट
युरोपको सबैभन्दा व्यस्त मध्येको एक फ्रयांकफर्ट एयरपोर्ट अहिले विश्वव्यापी चर्चाको शिखरमा छ ।
यहाँ ४ अर्ब युरो अर्थात् लगभग ५ खर्ब नेपाली रुपैयाँ भन्दा बढीको लागतमा एउटा नयाँ शहरजत्रै विशाल टर्मिनल निर्माण भएको छ । एक दुई वर्ष हैन, १० वर्षको निरन्तर मिहिनेतपछि तयार भएको यो टर्मिनल–३ आखिर किन यति धेरै चर्चामा छ ?
जर्मनीको मुख्य हवाई प्रवेशद्वार हो, फ्रयाङ्कफर्ट एयरपोर्ट । बर्सेनि करोडौँ यात्रु आवतजावत गर्छन् । तर पछिल्ला वर्षहरुमा पुराना टर्मिनल १ र २ मा बढ्दो भीड र चाप सम्हाल्न निकै चुनौती भइरहेको थियो ।
यही समस्याको स्थायी समाधानका लागि फ्रयाङ्कफर्ट एयरपोर्ट सञ्चालक फ्रापोर्टले युरोपकै सबैभन्दा ठूलो निजी पूर्वाधार परियोजनाको रूपमा टर्मिनल–३ को निर्माण सुरु गरेका थिए । यो टर्मिनल–३ को आकार र क्षमता सुन्नुभयो भने तपाईं अचम्म पर्नुहुनेछ । यो लगभग २५ वटा फुटबल मैदान बराबरको विशाल क्षेत्रमा फैलिएको छ ।
पूर्ण रूपमा सञ्चालनमा आउँदा यसले वार्षिक २ करोड ५० लाख यात्रुहरुलाई सहजै सेवा दिन सक्ने क्षमता राख्छ । यसमा मुख्यतया तीनवटा विशाल पियर्सका साथै १०० भन्दा बढी आधुनिक चेक–इन काउन्टरहरु निर्माण गरिएका छन् ।
टर्मिनलभित्र यात्रुलाई झन्झटमुक्त बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सुरक्षा जाँचका लागि २१ वटा नयाँ आधुनिक स्क्यानरहरु राखिएका छन्, जसले गर्दा यात्रुले अब झोलाबाट ल्यापटप वा तरल पदार्थ ननिकालिकन द्रुत चेकिङ गराउन सक्छन् ।
पुराना टर्मिनलहरुसँग जोड्नका लागि उच्च गतिको स्काइलाइन पिपुल मुभर रेल बनाइएको छ, जसले मात्र ८ मिनेटमा टर्मिनल १ बाट टर्मिनल ३ पुर्याउँछ ।
यो टर्मिनल केवल आधुनिक मात्र होइन, प्राकृतिक प्रकाश र वातावरणमैत्री र दिगो पनि छ । विश्वभरका यात्रुहरूका लागि पूर्ण रुपमा खुला हुन लागेको फ्र्याङ्कफर्टको यो टर्मिनल–३ ले युरोपेली उड्डयन र इन्जिनियरिङ क्षेत्रमा नयाँ स्टान्डर्ड तय गर्दैछ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






