कसरी रह्यो सिंहदरबार नाम ?
रास्वपा सांसद तथा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम नै फेरेर अनामनगर दरबार राख्नुपर्ने बताएका छन् ।
यसबारे बहस हुँदै गर्ला ? हामी बताउँदैछौं खासमा सिंहदरबार कसरी बन्यो, अनि यसको नाम कसरी सिंहदरबार रह्यो ?
राणा प्रधामनन्त्री चन्द्रशमशेरले निर्माण गराएका हुन्, सिंहदरबार ।
सुरुमा प्रतिरोपनी ९० रुपैयाँका दरले ३५० रोपनी जमिन किने । यसका नक्सा कर्नेल कुमार नरसिंह, किशोर नरसिंह र भारतीय जोगेन्द्रबाबुले बनाएका थिए । दरबार बनाउन सैनिक र जेलका कैदीलाई काममा लगाइएको थियो ।
दरबारको बाहिरी संरचना बेलायती निओ क्लासिक शैलीको बनाइयो । ढुंगा, इँटा, सिमर, बज्र, चाकु र मासको दाल प्रयोग गरी दरबारको गारो तयार गरियो । काठ नजिकैका जंगलबाट ल्याइयो । यसरी ११ महिनाभित्रै सिंहदरबार बन्यो । ५ वटा चोक, १७ सय कोठा र १७ वटा आँगन भएको दरबार भव्य थियो । वरिपरि पुतलीससहित ठूला बगैंचाहरु पनि बनाइयो ।
दरबारका कोठाहरू जसाउने सामाना विदेशबाट मगाइयो । बेलायत, इटाली र फ्रान्सबाट ऐना, क्रिष्टल लाइट, पानस र अनेकन सामन ल्याएर कोठहारु सिंगारियो । तर, रोचक कुरा यत्रा भव्य दरबारमा शौचलाय भने थिएन ।
यो दरबार चन्द्र शमशेरले निजी प्रयोजनका लागि बनाएका थिए । उनले यहीँ बसेर २८ वर्ष शासन चलाए ।
तर, पछि सरकारले यो दरबार २ करोड नेपाली रुपैयाँ दिएर राण परिवासँग यो दरबार किन्यो । २००९ पछि यहाँ प्रधानमन्त्रीहरु बस्न थाले । यो अहिले मुलुकको प्रमुख प्रशासनिक केन्द्र बनेको छ ।
भव्य दरबारको नाम ‘सिंहदरबार’ कसरी रहन गयो ? भन्नेबारे ।
यसमा इतिहासकारहरु एकमत छैनन् ।
इतिहासकार राजेश गौतमका अनुसार राणाकालीन प्रधानमन्त्रीहरु एक किसिमले ‘सिंह’ सरह नै थिए । त्यसमा पनि चन्द्रशमशेर ज्यादै रिसाहा, जंगी स्वभावका र कहिल्यै नहाँस्ने शासक थिए । त्यसैले तत्कालीन समयमा चन्द्रशमशेर ‘हाँस्यो कि नास्यो’ भन्ने उखानै चलेको थियो ।
जनताले त्यस्तै सिंह जत्तिकै कडा स्वभावका व्यक्ति बस्ने दरबार भएकाले दरबारको अगाडि कौसीमा राखिएको सिंहको मूर्तिलाई प्रतीकात्मक रुप मानेर यसलाई ‘सिंहदरबार’ भन्न थाले । अर्थात्, चन्द्रशमशेर आफैंले यो नाम राखेका होइनन् भन्न मत एउटा मत छ ।
तर, इतिहासकार पुरुषोत्तमशमशेर जबराको मत भने अर्कै छ ! उनले आाफ्नो ‘राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू’मा लेखेअनुसार यो दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीसँग कौसीमा पुगेका थिए । त्यहाँबाट ठूलो ‘बागदरबार’ देखिएपछि चन्द्रशमशेरले औंल्याउँदै भने, ‘ऊ बागदरबार !’
तब महारानी बालकुमारी देवीले भनिन्, ‘महाराज ! त्यो बाघदरबार हो भने, यो दरबारको नाम ‘सिंहदरबार’ राखे कसो होला ?’ रानीको यो सुझाव चन्द्रशमशेरलाई निकै मन पर्यो र दरबारको नाम सिंहदरबार राखियो ।
बाग दरबार भीमसेन थापाले निर्माण गराएको भव्य दरबार थियो । त्यो भन्दा पनि ठूलो दरबार हो भन्ने प्रतिबम्बित गर्न सिंहदबार राखिएको हो भन्ने मत पनि छ ।
सिंहदरबारमै बसेर चन्द्र सम्शेर सति र दाश प्रथा उन्मुलन गरेका थिए । प्रजातन्त्रकालमा पनि विभिन्न ऐतिहासिक घटनाक्रम यहीँबाट भएका छन् ।
तर, लामो सयमदेखि साशनको केन्द्र रहेको सिंहदरबारले जनतालाई हेरेन भन्ने गुनासो छ, त्यसैको आक्रोशमा २०८२मा यसमा आगजनी नै भयो । अब यसको नाम पनि फेर्नुपर्ने बहस हुन थालेको छ ।
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






