'प्रज्वलनशील पदार्थसम्म आगो पुगेको भए काठमाडौं के हुन्थ्यो ?'

२२ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले १५ चैतको घटनामा संविधानलाई समाप्त पार्ने र हिंसामार्फत व्यवस्था उल्ट्याउने उद्देश्यले भएको बताएका छन् । साथै उनले संविधान र गणतन्त्रको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री लेखकले तीनकुने घटनामा भएको क्षतिको विवरण दिए ।
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्छौं भनेपछि स्थानीय प्रशासनले अनुमति दिएको उनले बताए । तर अराजकता फैलाएर संविधान र व्यवस्था समाप्त पर्ने उद्देश्यले गतिविधि भएको उनले बताए । निजी घर, दलको कार्यालयमा समेत तोडफोड र आगजनी भएको भन्दै गृहमन्त्री लेखकले भने, ‘एयरपोर्टको नजिक आगजनी गर्ने काम भएको छ । आगो यति नजिक पुगेको छ कि नजिकै अन्तर्राष्ट्रिय उडानका विदेशी जहाजहरु थिए । त्यत्रो ठूलो तेलको भण्डारण थियो ।’
‘यस्तो हुन्छ आन्दोलन ? यस्तो हुन्छ प्रदर्शन ? यही हो लोकतन्त्रको उपयोग गरेर आफ्ना कुरा राख्ने तरिका ? ‘यो कुनै राजनीतिक मान्यतामा उभिएर गरेर काम होइन', गृहमन्त्री रमेश लेखकले भने ।
उनले अगाडि भने, ‘जडिबुटीतर्फ पनि ठूलो मात्रामा प्रज्वलनशील तरल पदार्थ थियो । यतिसम्म जोखिम थियो कि यदि प्रज्वलनशील पदार्थसम्म आगो पुगेको भए आज काठमाडौंको स्थिति के हुन्थ्यो ? हामी भयावह ढंगले अनुमान मात्र गर्न सक्छौं ।’
उनले तीनकुनेमा जे जे भयो त्यस आधारमा त्यो कार्यक्रमलाई राजनीतिक कार्यक्रम भन्न नसकिने बताए । ‘यस्तो हुन्छ आन्दोलन ? यस्तो हुन्छ प्रदर्शन ? यही हो लोकतन्त्रको उपयोग गरेर आफ्ना कुरा राख्ने तरिका ?’ उनले भने, ‘यो कुनै राजनीतिक मान्यतामा उभिएर गरेर काम होइन । यो संविधान समाप्त गर्ने र हिंसात्मक गतिविधिबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई उल्याउने एक मात्र उद्देश्य अन्तरनिहीत छ ।’
गृहमन्त्री लेखकले हिंसात्मक गतिविधिलाई ढाकछोप गर्न अनर्गल प्रचार भएकोमा समेत असन्तुष्टि जनाए । ‘कहाँबाट टियर ग्यास फालियो, कहाँबाट पहिल्यै बल प्रयोग गरियो भनेको छ’, उनले भने, ‘मान्छे घरभित्र छ, बाहिरबाट आगो लगाएको छ । सरकारका कारण मान्छे पोलियो भन्या छ, यसरी अनर्गल प्रचार गरेर हिंसात्मक गतिविधिलाई पुष्टि गर्न खोजिएको छ ।’

१२ वर्षकी चिनियाँ खेलाडीले वर्ल्ड च्याम्पियनसिपमा जितिन् पदक

खुला प्रतिस्पर्धाबाट मात्र शिक्षक नियुक्त गर्न १६ विद्यार्थी संगठनको माग

एनपीएलको हिसाब सार्वजनिक, पहिलो सिजनमै साढे सात करोड नाफा

बागमतीमा कांग्रेस संसदीय दलको नेताको चयन भोलि

हेटौंडामा बन्यो नयाँ क्रिकेट रंगशाला
