नेभिगेशन
3 Minute

बच्चाले सिटबेल्ट लगाउन नमानेपछि फ्लाइट नै क्यान्सिल ! 

जहाज चढेको बच्चाले सिटबेल्ट लगाउन नमानेका कारण क्यानडामा फ्लाइट नै क्यान्सिल भएको छ । 

६ अगस्टमा पोर्टर एयरलाइन्सको जहाज भिक्टोरियाबाट टोरन्टोतर्फ जाँदै थियो । तर जहाजमा चढेको एउटा बच्चाले सिटबेल्ट लगाउन मानेन । सानो बच्चा उसको बाबुआमासँगै जहाज चढेको थियो । तर उसले सिटबेल्न लगाएन र सिटमा उभिएर बस्यो ।

जहाज चालक दलका सदस्यहरुले पटक पटक प्रयास गरे । तर बच्चाले सिटबेल्ट लगाउन नमानेपछि उनीहरुले जहाजलाई पुनः टर्मिनल भवनमै फर्काए र बच्चा र उसका आमाबाबुलाई प्लेनबाट ओराले । 

यो घटनाका कारण त्यो दिन उडान नै क्यान्सिल भयो । मध्यरातपछि धावनमार्ग बन्द हुनुअघि जहाजले उडान भर्न सम्भव भएन । त्यसपछि त्यस दिन जहाज चढेकाहरुलाई भोलिपल्टको जहाजमा पठाइएको थियो । 

पोर्टर एयरलाइन्सले बालकले सिटबेल्ट नबाँधेका कारण उडान नै असुरक्षित भएको र त्यस्तो असुरक्षित अवस्थामा जहाज उडाउन नसकेको बताएको छ । 

यो घटनाले अहिले सामाजिक सञ्जाल र अनलाइन प्लाटफार्महरुमा बहस सिर्जना भएको छ । प्लेन चढ्ने साना बालबच्चाप्रति एयरलाइन्सले कस्तो व्यवहार गर्नुपर्छ र बालबालिकाका अभिभावकले एयरलाइन्सको रुल कत्तिको कडाइका साथ पालना गर्नुपर्छ भन्नेमा फरक फरक धारणा आइरहेका छन् ।

कतिपयले यत्ति कारणले फ्लाइट नै क्यान्सिल गर्न नपर्ने धारणा राखेका छन् भने कतिपयले भने पोर्टर एयरलाइन्सले अरु यात्रु र स्वयं ती बालकको पनि जीवन रक्षाका लागि त्यस्तो निर्णय गरेको भन्दै बचाउ गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute